पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे आठ करोड बिगाे मागदाबी

  • असोज २७, २०८२

काठमाण्डौ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरासँग साढे आठ करोड बिगो मागदाबी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

सुन तस्करी समूहलाई सघाएको अभियोगमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार पक्राउ गरेको थियो।  भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (१) तथा संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा १, २ र ३(क) बमोजिमको कसुरमा आठ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो मागदाबी गरेको काठमाडौं जिल्ला अदालतका सुचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

सोही ऐनको दफा ५७ को उपदफा १(घ)को खण्ड (ख)बमोजिम तथा संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को खण्ड (क)बमोजिम थप सजाय माग गरिएको छ।

प्रतिक्रिया