गण्डकीलाई मध्यावधिमा जान दिँदैनौ- मुख्यमन्त्री अधिकारी

  • चैत २९, २०८०

बागलुङ - गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशलाई मध्यावधिमा जान नदिने बताएका छन । नेकपा एमाले बागलुङको नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्य मन्त्री अधिकारीले प्रदेश सरकारलाई नेकपा एमालेले सकेसम्म मध्यावधिमा जान नदिने बताएका हुन । 
    गण्डकी प्रदेशमा सात मन्त्रालयबाट ९ मन्त्रालय बनाउने निर्णय गरी बागलुङ पुगेका मुख्यमन्त्री अधिकारीले केही राजनितिक दलले प्रदेशलाई मध्यावधिमा जाने वातवरण सृजना गर्न खोजेपनि त्यसबाट रोक्ने प्रयास आफुहरुले गर्ने बताए । ‘प्रदेश सरकार गठन प्रक्रियाका विरुद्धमा मध्यावधिक गराउने कोशिसका साथ मुद्धा मामिला गरेका छन । संविधानमा भएको व्यवस्थालाई हामीले मान्नुपर्छ । सोही अनुसार अगाडी बढेका छौं—‘मुख्यमन्त्री अधिकारीले भने,—‘हामी प्रदेशलाई मध्यावधिमा जाने वातावरणबाट रोक्ने प्रयास गर्नेछौं ।, यदि मध्यावधिमा गयो भने आउँदो निर्वाचनमा अन्य दलले पानी पनि भन्न पाउँदैनन ।’
उनले राजनितिमा खच्चपच्च हुने हुँदा कोही पनि आत्तिनु नहुने बताएका छन । अधिकारीले कार्यकर्तालाई यदि गण्डकीमा मध्यावधि भए पनि हार्ने छुट कसैलाई नभएको बताए । ‘अबको चुनावमा नेकपा एमालेको बहुमत हुनेछ । हार्ने कसैलाई छुट हुने छैन, अधिकारीले थपे—‘सके सम्म हामी अहिलेकै अवस्थामा चार वर्ष सहजपुर्वक प्रदेश सरकारलाई संचालन गर्नेछौं चुनावमा नै जानुपरेमा हाम्रै बहुमत हुनेछ । त्यसैले संगठन सुदृद्धिकरणका लागि तपाईहरु लाग्नुहोस ।’
उनले देशमा समाजबाद ल्याउने काम नेपालका कम्युनिष्ट पार्टीले नै गर्नेहुँदा उच्च सोचाई र उच्च दृष्ट्रिकोणका साथ काम गर्नुपर्ने बताए । अधिकारीले हामीले लोभलाग्दा कुरा मात्र नभएर व्यवहार र काम पनि गर्न जरुरी रहेको बताए ।  अधिकारीले कार्यकर्तालाई एक जुट भएर सर्वसम्मत रुपमा जिल्ला अधिवेशनलाई टुंगाउन आग्रह गरे । 

 

प्रतिक्रिया