बागलुङ- मानवसेवा आश्रम बागलुङको भवन निर्माणका लागि एकै दिन ६४ लाख ५४ हजार ५९५ रुपैयाँ संलन भएको छ । बागलुङ नगरपालिका ४ निरेहघाटमा निर्माणाधिन अवस्थामा रहेको भवन निर्माणका लागि सहयोगार्थ ‘मिट एण्ड ग्रिट’ कार्यक्रमबाट उक्त रकम संकलन भएको छ । कार्यक्रममा बागलुङको काठेखोला गाउँपालिकाले १५ लाख, पर्वतको कुश्मा ५ लाख ११ हजार फलेबास नगरपालिकाले ५ लाख ११ हजार र म्याग्दीको मालिका गाउँपालिकाले ५ लाख ११ हजार सहयोग गरेका छन् ।
त्यस्तै स्थानीय र बागलुङ बजारका व्यापारीहरुले सहयोग गरेको मानव सेवा आश्रमका सहकोषाध्यक्ष सुमिरा लामाले जानकारी दिनईन । वि.सं. २०७३ सालदेखि बागलुङका शाखा स्थापना गरेर सेवा दिँदै आएको आश्रमले वि.सं. २०७८ सालमा बागलुङ नगरपालिका–४ निरयघाटमा जग्गा प्राप्त गरेपछि सुविधा सम्पन्न भवन निर्माण गर्न थालेको हो । स्थापना कालदेखि अहिलेसम्म बागलुङ नगरपालिका–३ किनारा टोलबाट आश्रम सञ्चालित छ ।
आश्रमको आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्नका लागि वि.सं. २०७८ साल बैशाख देखी निर्माणको काम थालनी गरिएको हो । आ श्रमलाई स्थापना कालदेखिनै धेरैले सहयोग गर्दै आएको सुनाउँदै ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा एकै दिन धेरैले सहयोग गरेको उनको भनाई छ ।
आश्रममा हाल महिला २२ जना, पुरुष २४ र बालबालिका ७ जना गरि ५३ जना सहयोपेक्षीहरु आश्रित रहेका छन् । भवन निर्माण सुरु भएको तीन वर्षमा ४० प्रतिशत काम सम्पन्न भएको मानव सेवा आश्रम बागलुङका अभिभावक एवं भवन निर्माण समितिका संयोजक शिव खड्काले जानकारी दिनुभयो । १२ करोड ७५ लाखको योजना रहेकोमा हालसम्म हालसम्म ५ करोड खर्च भएको छ उहाँको भनाइ छ । यो सबै प्रदेश, पालिका र दाताबाट आएको सहयोग प्राप्त भएको खड्का बताए ।
“भवन निर्माणको काम अगाडि बढेको छ, हालसम्म करिब–करिब आधाआधी काम सकिन थालेको छ, आर्थिक सहयोग आउने क्रम जारी छ, धेरै दाताहरुले मन फुकाएर सहयोग गर्नु भएको छ, यो योजना बाह्र करोड पचहत्तर लाखको हो, भयो भवन निर्माण सकियो भने आश्रममा बस्नेहरुलाई सहज हुने छ, अहिले जसोतसो व्यवस्थापन गर्दै आएका छौँ ।खड्काले भने । कार्यक्रममा आगन्तुक प्रदेश सभा सांसद स्थानिय तहका प्रमुख र अन्य सहयोगी महानुभावहरुलाई बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले स्वागत गरेका थिए । धौलागिरी क्षेत्रलाई सडक मानव मुक्त क्षेत्र घोषणा गर्नका निम्ती सवैको सहयोग आवश्यक रहेको श्रेष्ठले बताए । मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, हाँस्य कलाकार मनोज गजुरेलले कार्यक्रमको सहजीकरण गरेका थिए ।