एमाले काँग्रेसको प्रतिस्पर्धी र सहयात्री दुवै हो - काँग्रेस नेता साउद

  • पुस २, २०८१

 बागलुङ-  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले अहिले सरकारको नेतृत्व गरेको नेकपा एमाले काँग्रेसको प्रतिस्पर्धी र सहयात्री दुवै भएको बताएका छन । उनले सरकारमा सँगै भएको हुँदा नेकपा एमाले सहयात्रीको रुपमा रहेता पनि भोलीका दिनमा प्रतिस्पर्धी दल भएको बताएका छन । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ को कार्यालयमा कार्यकर्ता सँग छलफल गर्दै साउदले देशका ठुला ठुला राजनितिक दलहरु मिलेर बनेको सरकारल जनताको जनचाहना अनुसारको काम गर्न नसकेको गुनासो गरे । पुर्व परराष्ट्रमन्त्री समेत रहेका साउदले ठुला दल मिलेर बनेको सरकार गतिशिल र जनमुखी बन्न नसकेको बताए । उनले अन्य राष्ट्र सँगको समन्वयका नेपालमा धेरै कुराहरुको फाईदा लिन सकिने बताउँदै अहिले त्यसमा सरकार नलागेको बताए । 
    साउदले नेपाली काँग्रेस संसदको सवैभन्दा ठुलो दल भएको र काँग्रेस सँग जनताको पनि ठुलै अपेक्षा रहेको भन्दै त्यो अपेक्षा अनुसार काँग्रेस गतिशिल बन्न नसकेको बताए । हाम्रो पार्टी संसदकै ठुलो पार्टी हो । ‘हमी सरकारमा पनि छौं नेता साउदले भने,–‘तर जनतालाई काम गरेर अनुभुती दिलाउन सकेका छैनौं । यो अनुभुती कहिले दिलाउने, त्यो तर्फ काँग्रेसले सोच्न जरुरी रहेको छ ।’ उनले अब पनि काँग्रेस जनताको पक्षमा रहेक काम गर्न सकेन भने आगामी निर्वाचनमा पछि पर्न सक्नेमा शंका व्यक्त गरे । 
साउदले काँग्रेसले अन्तरमतले आफुलाई सच्चाएर जान सकेमा मात्र लक्ष्यमा पुग्ने बताउँदै पहिलो चरणमा गुट उपगुटको अन्त्य हुन जरुरी रहेको बताए । उनले नयाँ पुस्तामा परिवर्तनको फ्युजनले पार्टीमा क्रान्तिको आशा रहेका पनि त्यो पनि गुटबन्दीमा नै विलय भएको बताए । 
उनले भातृ संस्थाहरुको अधिवेशन बैचारिक किसिमले समयमा नै सम्पन्न गर्न जरुरी रहेको भन्दै माथिल्लो तहबाट पनि यसमा पहल थाल्न आवश्यक रहेको बताए । साउदले स्थानिय तहमा जनप्रतिनिधिले आम जनताको भावना अनुसार काम गर्न नसकेको गुनासो आएको हुँदा पार्टी पंतीले पनि यसमा चासो दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया