युनियनको स्थापना दिवसमा अन्नदान 

  • भदौ १८, २०८१

बागलुङ -    नेपाल निजामति कर्मचारी युनियन बागलुङले आफ्नो स्थापना दिवसको अवसरमा आश्रममा अन्नदान कार्यक्रम  संचालन गरेको छ । युनियनले बागलुङ नगरपालिका—४ निरहेघाटमा रहेको रामानुज आश्रममा रहेका बृद्द, बृद्दाका लागि आवश्वयक खाद्यन्न सहयोग गरेको हो । 
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङ नगरपालिकाका सभापति एवं नेपाल तरुणदल बागलुङका जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबुले निजामती कर्मचारीहरु जनताको सेवा, पेशागत हक हित र मानविय सेवामा लाग्न सधै प्रतिवद्ध रहनुपर्ने बताएका थिए । उनले स्थापना दिवसमा यस्ता रचनात्मक कामले समाजमा फरक सन्देश जाने बताए । शर्माले देशको हरेक क्षेत्रको विकासका लागि कर्मचारी मुख्य मेरुदण्ड भएको हुँदा राज्यले कर्मचारीहरुको उचित सम्मान गर्न जरुरी रहेको धारणा व्यक्त गरे । 
नेपाल निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देव शर्मा आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनियनका गष्ण्डकी प्रदेशका सचिव टेकनारायण सुवेदी, सहसचिव आनन्द प्रसाद शर्मा लगायतको उपस्थिति थियो । आश्रममा १० देखी १२ जना आश्रित रहेका छन ।  कार्यक्रमको संचालन निजामती कर्मचारी युनियनका केन्द्रिय प्रतिनिधि देव प्रकाश घिमिरेले गरेका थिए । 
 

प्रतिक्रिया