बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा भै राखेको प्रणाली सुदृढिकरणका लागि प्रयास थालेको छ । गाउँपालिकाले आफ्नो स्थानिय तहमा स्वास्थ्य क्षेत्रको बहुआयामिक पक्षहरुको बारेमा छलफल गर्नका निम्ती जनप्रतिनिधि र सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । गाउँपालिकाले स्थानिय तहमा स्वास्थ्यका कार्यक्रमहरुको योजना तर्जुमा प्रक्रिया तथा प्रभावकारी रुपमा अवलब्धन गराउन कस्तो प्रयास गर्नुपर्छ भन्ने बारेमा छलफल गरेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिईन । उनले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा बडिगाड गाउँपालिकामा स्वास्थ्यका हरेक कार्यक्रमलाई कसरी प्रभावकारी बानउन सकिन्छ सोम विषयमा छलफल गरिएको बताईन ।
‘गाउँपालिकाले हरेक नागरिकलाई स्वास्थ्यको सहज पहुँच पु¥याउने उद्देश्य सहित निति तथा कार्यक्रममै समावेश गरेर अगाडी बढ्न लागेको हो । अध्यक्ष थापाले भनिन्–‘स्वास्थ्यका विज्ञहरुकै राय सुझाव अनुसार आगामी वर्षका कार्यक्रम तय गर्नेछौं । धोरै दाममा धेरै काम गर्ने योजना सहित अगाडी बढेका छौं । बडिगाडका हरेक नागरिकलाई सर्वसुलभ स्वास्थ्यको पहुँचमा पु¥याउने कोशिममा छौं ।’ थापाले गाउँपालिकाले हरेक क्षेत्रको विषयगत विज्ञ सँग सल्लाह गरेर निति कार्यक्रम र बजेट ल्याउने बताईन ।
अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य संगठन गण्डकी प्रदेशका अधिकृत अनिल भट्टराईले सहजीकरण गरेका थिए । उनले स्वास्थ्यको बजेट खर्च नभए लगानी भएका कारण सोही अनुसारका कार्यक्रमहरु तयार पार्नुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिका सवै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको बारेमा स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेले प्रष्ट पारेका थिए भने कार्यक्रमको संचालन बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक विपेन्द्र केसी र स्वागत हेल्थ असिष्टेण्ट हेम पुनले गरेका थिए ।