बागलुङमा ६७ औं राष्ट्रिय सहकारी दिवस मनाईयो 

  • चैत २१, २०८०

बागलुङ- बागलुङमा ६७ औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाइएको छ । ‘सहकारीमा शुसासन ः प्रविधि र एकिकरण’ भन्ने मुल नाराका साथ बागलुङ बजारमा भव्यताकासाथ मनाइएको छ ।  बागलुङ नगरपालिका र जिल्ला सहकारी संघ बागलुङको संयुक्त आयोजनामा मनाइएको सहकारी दिवस ¥याली सहित बजार परिकर्मा गरिएको थियो ।
समिक्षालयचोकबाट सहकारीको नारा, प्लेकार्ड सहित शुरु गरिएको ¥याली बागलुङ बजार परिकर्मा गरेर राधाकृष्ण मन्दिरको सभाहलमा पुगेर सभामा परिणत भएको थियो । मूल समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले सहकारीहरु उत्पादनमा जोडिनुपर्ने बताए । उनले बचत तथा ऋण संगै सदस्यलाई उद्यमसंग जोड्नु पर्ने बताउदै नियममा चलेका सहकारी नविग्रने बताए । 
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्का, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी,  केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक दिपक गोतम, नेफ्कुनका निर्वतमान सञ्चालक चण्डीप्रसाद शर्मा, बागलुङ नगरपालिकाको वडा अध्यक्षको तर्फबाट बागलुङ नगरपालिका–१२ का वडा अध्यक्ष कोपिलामणी शर्मा, जिल्ला सहकारी संघका सञ्चालक लिला खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । 
कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी अन्जुको अध्यक्षता, बागलुङ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलको स्वागत तथा नगरपालिका सहकारी शाखा प्रमुख प्रेम प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबीच महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाएको छ । राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा कार्यसमितिका सदस्य, उपसमितिका सदस्य र कर्मचारीहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरेको थियो । सहकारीको महत्व, कार्यालय व्यवस्थापन, सेयर सदस्यहरुसँग सहकारीको संम्बन्ध र कार्यसमिति र कर्मचारीको भूमिकाको बारेमा जानकारी दिइएको थियो ।
दिवसको दोस्रो दिन ७० वर्ष नाघेका जेष्ठ सेयर सदस्यहरुलाई सहकारीले पेन्सन वितरण गरेको महिला हित बचत तथा ऋण सहकारीकी अध्यक्ष लिला देवी खड्काले नयाँ विश्वलाई बताइन् । २२ जना जेष्ठ सेयर सदस्यहरुलाई १५ सयको दरले पेन्सन वितरण गरेको सहकारीका सचिव सावित्री केसीले दिईन। यसै गरी सेयर सदस्य, कार्यसमिति र कर्मचारीको बीच मनोरञ्जनको लागि घैटो फोर कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष लिला देवी खड्काको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी देवी जिसी केसीको स्वागत र सचिव सावित्री केसीको संचालनमा सम्पन्न भएको थियो । २०५२ सालमा महिलाहित संरक्षण समूहबाट सुरु भएको संस्था २०५८ सालमा महिला हित बचत तथा ऋण सहकारी संस्थाका रूपमा दर्ता भएको थियो । २५ जना महिलाको २ हजार ५ सय रुपैयाँ सेयर पुँजीबाट सुरु भएको थियो । सहकारीले ८ जना महिलाहरुलाई रोजगारी दिएको छ ।

प्रतिक्रिया