बागलुङ नगर अस्पतालमा दन्त सेवा र प्रसुती प्रतिक्षा घर संचालन

  • भदौ २२, २०८०

बागलुङ- बागलुङ नगरपालिका–१३ वलेवा पैयुँपाटामा रहेको बागलुङ नगर अस्पतालमा दन्त सेवा र प्रसुती प्रतिक्षा घर संचालनमा ल्याईएको छ । अस्पतालमा नियमित सेवामा थप टेवा पु¥याउने उद्देश्यले दन्त सेवा संचालनमा ल्याईएको हो । दन्त सेवा हरेक विहिबार दन्त चिकित्सद्धारा प्रदान गर्नेछन । 
सेवाको शुभारम्भ गर्दै नगर प्रमुख बसन्तकुमार श्रेष्ठले अस्पताल स्थापना सँगै विभिन्न सेवाहरु पनि थप हुँदै गएको बताए । उनले बलेवा क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका निम्ती यस अस्पतालमा निरन्तर सेवाहरुलाई थप गर्दै जाने बताए । श्रेष्ठले आम नागरिकले स्वास्थ्य सेवा घरछेउमै पाउनु पर्ने बताएका छन् । सामान्य उपचारकालागि नागरिकले सयौं रकम खर्चन नपर्ने गरी काम गर्ने समेत बताएका छन् । 
श्रेष्ठले बिभिन्न संघसंस्थाको सहकार्यमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने बताएका हुन् । बिहिवारदेखि नगर अस्पतालमा जिभाय नेपालको सहकार्यमा दन्त शिविर संचालनमा आएको हो 
जिभाय नेपालले दन्त बेड र उपकरण समेत सहयोग गरेर हरेक साता एकजना दन्त चिकित्सक समेत पठाएर उपचार सेवा दिने भएको हो । यो अभियानमा नगरपालिकाले पनि दन्त चिकित्सकलाई पारिश्रमिक उपलब्ध गराउने छ ।
त्यस्तै बिवाईसीले संचालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजना र फेयरमेडा फाउण्डेसनले अस्पतालमा प्रसुती प्रतिक्षा कक्ष पनि बनाइदिएको छ । यहाँ ४ वटा बेड राखिएको छ । सुत्केरी हुन आएपनि समय लाग्ने भएकोले बासै बस्नुपरेमा कुरुवा सहित यहाँ बस्न पाइन्छ । उक्त कक्षको पनि नगरप्रमुख श्रेष्ठले शुभारम्भ गरेका थिए । दुवै सेवाको शुरु गर्दै श्रेष्ठले निकट भविष्यमा भवन बनेपछि अन्य सेवा थप गर्न पहल गर्ने र चौबिसै घण्टाको सेवा दिने व्यवस्थापन गर्ने पनि बताएका थिए । 

दैनिक ३५ देखि ५० जना बिरामीको उपचार भैरहेको नगर अस्पतालमा दाँतको समस्या भएकाहरु पनि धेरै आउने गर्छन् । उनीहरुको सेवाकालागि निभाय नेपालले सहयोग गरेको हो । यो संस्थाले बलेवाका वडा नंं १२, १३ र १४ मा बिद्यालय तहमा पनि सयौं बालबालिकाको दन्त परीक्षण, निशुल्क रुपमा दाँत माझ्ने बु्रस र मंजन बितरण र मुख स्वास्थ्यकोलागि समेत अभियान चलाएको छ । मुख स्वास्थ्य परियोजनानै संचालन गरेर स्वास्थ्य क्षेत्रको सुधारमा काम गरिएको कार्यक्रम निर्देशक सरस्वती पुरीले बताइन् ।

वडा नंं १३ का अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता, जनस्वास्थ्य निरिक्षक दुर्गा प्रसाद पौडेलको संचालन र अस्पताल व्यवस्थापन समितिका सदस्य डा. रामबहादुर केसीको स्वागतमा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल, नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल, जिभाय नेपालकी कार्यक्रम निर्देशक सरस्वती पुरी, फेयरमेड फाउण्डेसनकी प्रतिनिधि आस्था शर्मा, लगायतले बोलेका थिए । अस्पतालमा हाल २ जना मेडिकल अधिकृत, २ जना हेल्थ असिष्टेण्ट, २ जना अनमी र १ जना ल्याब असिष्टेण्टले सेवा प्रदान गर्दै आएका छन । 
बागलुङ नगर अस्पतालमा दन्त सेवा र प्रसुती प्रतिक्षा घर संचालन
बागलुङ÷ बागलुङ नगरपालिका–१३ वलेवा पैयुँपाटामा रहेको बागलुङ नगर अस्पतालमा दन्त सेवा र प्रसुती प्रतिक्षा घर संचालनमा ल्याईएको छ । अस्पतालमा नियमित सेवामा थप टेवा पु¥याउने उद्देश्यले दन्त सेवा संचालनमा ल्याईएको हो । दन्त सेवा हरेक विहिबार दन्त चिकित्सद्धारा प्रदान गर्नेछन । 
सेवाको शुभारम्भ गर्दै नगर प्रमुख बसन्तकुमार श्रेष्ठले अस्पताल स्थापना सँगै विभिन्न सेवाहरु पनि थप हुँदै गएको बताए । उनले बलेवा क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका निम्ती यस अस्पतालमा निरन्तर सेवाहरुलाई थप गर्दै जाने बताए । श्रेष्ठले आम नागरिकले स्वास्थ्य सेवा घरछेउमै पाउनु पर्ने बताएका छन् । सामान्य उपचारकालागि नागरिकले सयौं रकम खर्चन नपर्ने गरी काम गर्ने समेत बताएका छन् । 
श्रेष्ठले बिभिन्न संघसंस्थाको सहकार्यमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने बताएका हुन् । बिहिवारदेखि नगर अस्पतालमा जिभाय नेपालको सहकार्यमा दन्त शिविर संचालनमा आएको हो 
जिभाय नेपालले दन्त बेड र उपकरण समेत सहयोग गरेर हरेक साता एकजना दन्त चिकित्सक समेत पठाएर उपचार सेवा दिने भएको हो । यो अभियानमा नगरपालिकाले पनि दन्त चिकित्सकलाई पारिश्रमिक उपलब्ध गराउने छ ।
त्यस्तै बिवाईसीले संचालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजना र फेयरमेडा फाउण्डेसनले अस्पतालमा प्रसुती प्रतिक्षा कक्ष पनि बनाइदिएको छ । यहाँ ४ वटा बेड राखिएको छ । सुत्केरी हुन आएपनि समय लाग्ने भएकोले बासै बस्नुपरेमा कुरुवा सहित यहाँ बस्न पाइन्छ । उक्त कक्षको पनि नगरप्रमुख श्रेष्ठले शुभारम्भ गरेका थिए । दुवै सेवाको शुरु गर्दै श्रेष्ठले निकट भविष्यमा भवन बनेपछि अन्य सेवा थप गर्न पहल गर्ने र चौबिसै घण्टाको सेवा दिने व्यवस्थापन गर्ने पनि बताएका थिए । 

दैनिक ३५ देखि ५० जना बिरामीको उपचार भैरहेको नगर अस्पतालमा दाँतको समस्या भएकाहरु पनि धेरै आउने गर्छन् । उनीहरुको सेवाकालागि निभाय नेपालले सहयोग गरेको हो । यो संस्थाले बलेवाका वडा नंं १२, १३ र १४ मा बिद्यालय तहमा पनि सयौं बालबालिकाको दन्त परीक्षण, निशुल्क रुपमा दाँत माझ्ने बु्रस र मंजन बितरण र मुख स्वास्थ्यकोलागि समेत अभियान चलाएको छ । मुख स्वास्थ्य परियोजनानै संचालन गरेर स्वास्थ्य क्षेत्रको सुधारमा काम गरिएको कार्यक्रम निर्देशक सरस्वती पुरीले बताइन् ।

वडा नंं १३ का अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता, जनस्वास्थ्य निरिक्षक दुर्गा प्रसाद पौडेलको संचालन र अस्पताल व्यवस्थापन समितिका सदस्य डा. रामबहादुर केसीको स्वागतमा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल, नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल, जिभाय नेपालकी कार्यक्रम निर्देशक सरस्वती पुरी, फेयरमेड फाउण्डेसनकी प्रतिनिधि आस्था शर्मा, लगायतले बोलेका थिए । अस्पतालमा हाल २ जना मेडिकल अधिकृत, २ जना हेल्थ असिष्टेण्ट, २ जना अनमी र १ जना ल्याब असिष्टेण्टले सेवा प्रदान गर्दै आएका छन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय