नारायणस्थान र बडिगाडमा निःशुल्क स्वास्थ्य शिविर

  • चैत २२, २०८०

बागलुङ- आर्थिक रुपमा विपन्न नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यले बागलुङ नगरपालिका वडा न. १४ नारायणस्थान र बडिगाड गाउँपालिका —५ ग्वालीचौरमा बृहत निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ । विषेशज्ञ डाक्टर सहितको टोलीले यही चैत्र २५ गते नारायणस्थान र २४ गते बडिगाडमा आम नागरिकको स्वास्थ्य उपचार गर्ने छन । 
नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माको नेतृत्वमा काठमाण्डौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुको टोलीले शिविरमा सेवा दिने छन । शिविरको प्राविधिक सहयोग मेडिकल कलेज मार्फत भएको छ  भने स्थानिय संयोजक गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीको प्रदेश सांसदको कार्यालय बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) ले गरेको छ । शिविरको आयोजकको रुपमा बागलुङ नगरपालिका वडा नं. १४ र बडिगाड गाउँपालिका रहेको छ । 
शिविरमा निःशुल्क रुपमा विशेषज्ञ डाक्टरहरुले सवै किसिमका रोगको जाँच गर्ने छन भने  थप उपचारका लागि आवश्यक परेमा काडमाण्डौं मेडिकल कलेजमा निःशुल्क उपचार गरिने शिविरको संयोजक डा. सुनिल शर्माले बताउँछन । शर्माका अनुसार शिविरमा दैनिक ४ हजार बढिले सेवा लिने अनुमान गरिएको छ । ‘शिविरमा उपचारमा आएका विरामीलाई थप उपचार गर्नु परेमा हामीले काठमाण्डौंमा निःशुल्क रुपमा उपचार गर्नेछौं डा. शर्माले भने,—‘जाने आउने बस्ने र औषधीको पैसा भने विरामीले तिर्नुपर्ने छ, अपरेशन नै गर्नुपरे पनि अपरेशन खर्च हामी निःशुल्क गर्नेछौं । ग्रामिण भेगमा विपन्न र असायह कति मानिस यस्तो अवसर नपाएका कारण आफुमा लागेको रोग पालेर बसेका छन । समयमा नै उपचार नहुँदा मुत्यु समेत हुन पुगेको छ । यस्ता विपन्नको साहारा बन्नका निम्ती ग्रामिण भेगमा शिविर राखिएको हो ।’
शिविरमा जनरल मेडिसिन, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, स्त्री तथा प्रसुति, नाक, कान, घाँटी, शल्यक्रिया, मानसिक तथा नशा रोग, आँखा तथा दन्त रोग, मुटु रोग र बाल रोगका विशेषज्ञ सेवा उपलब्ध हुने छ ।
शिविरमा ईसीजी, भीडियो एक्सरे, ईका (मुटुको परीक्षण) सुगर, यूरिक ऐसिड, गर्भवति परीक्षण र रगतको समुह जाँच समेत गरिने शिविरको संयोजन गरेका गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले बताए । शिविरमा काठमाण्डौ मेडिकल कलेजको डाक्टरहरु सहितको विशेषज्ञ सेवा र प्राबिधिक सहयोग रहनेछ । शिविरमा १९ जना विशेषज्ञ डाक्टरहरुको सहभागिता रहनेछ ।
‘आर्थिक रुपमा विपन्न स्वास्थ्यमा पहुँच नपुगेका नागरिकको लागि यो शिविरको आयोजना गरिएको हो ।’ सुवेदीले भने—‘शिविरमा उपचार हुन नसक्ने रोगको लागि काठमाण्डौ मेडिकल कलेज काठमाण्डौमा उपचार गरिनेछ ।’ त्यसका लागि म आफै सहजीकरण गर्नेछु । 
काठमाण्डौ मेडिकल कलेजको आयोजनामा चैत्र २३ गते पूर्वी रुकुमकोट, २४ र २५ गते बागलुङमा २६ गते म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौर, २७ गते पर्वतको बिहादी, २८ गते स्याङ्जाको पुतली बजार, २९ गते तनहुँको भिमाद नगरपालिमा निशुल्क स्वास्थ्य शिविर गरिनेछ । शिविरमा विशेषज्ञ डाक्टर सहितको आवश्यक औजार उपकरण सवै मेडिकल कलेज नै गरेको छ । 
 

प्रतिक्रिया