नेविसंघ बागलुङको अध्यक्षमा सागर घर्ती

  • साउन १४, २०८२

बागलुङ - नेपाल विद्यार्थी संघ बागलुङ अध्यक्षमा सागर घर्ती मगर नियुक्त भएका छन् । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बुधबार घर्ती मगरलाई अध्यक्षमा नियुत्त गरेका पत्र हस्तान्तरण गरेका छन । 
नेपाल विद्यार्थी संघ बागलुङको अध्यक्ष पद रिक्त भएको र ३२ वर्ष उमेर हद पनि आकर्षित भएकाले संघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम तीन महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि घर्तीलाई अध्यक्षको जिम्मेवारी दिईएको पत्रमा उल्लेख गरिएको छ ।  घर्ती यसभन्दा अगाडि जिल्ला उपाध्यक्ष हुन । 
यस अघिका जिल्ला अध्यक्ष विशेष पराजुलीले गत चैत्रमा भएको स्ववियु निर्वाचनमा धौलागिरी धवलागिरी बहुमुखी क्याम्पसमा नेवि संघका उम्मेद्वार सृष्टी आचार्य पराजित भएपछि जिल्ला अध्यक्षबाट राजीनामा दिएका थिए । पराजुलीको राजीनामापछि जिल्ला अध्यक्ष पद रिक्त थियो । 
नेपाली काँग्रेस बागलुङलाई बोधार्थ दिँदै अध्यक्ष गुरुङले घर्ती मगरलाई पत्र हस्तान्तण गरेका छन । 
केही दिन पहिला अर्थात साउन २ गते नेवि संघका तिन जना केन्द्रीय सदस्य सहितका १३ जना नेविसंघका नेताहरुको भेलाले भनेर दिपक सुवेदीलाई अध्यक्ष बनाएका थिए । सुवेदी नेविसंघ धवलागिरी बहुमुखी क्याम्पसका  इकाई सभापति समेत थिए । उनले इकाई समितिबाट कार्यबहाकको जिम्मेवारी सचिन हरिजनलाई प्रदान गरी भेलाबाट नेविसंघको जिल्ला अध्यक्षको रुपमा चयन भएका थिए । सुवेदीको नेतृत्वलाई केन्द्रीय समितिले एक विज्ञप्ती नै जारी गरी आधिकारीक नभएको धारणा समेत सार्वजनिक गरेको थियो । 

साउन ३ गते विज्ञप्ती जारी गर्दै केन्द्रीय समितिले जिल्ला अध्यक्ष श्री विशेष पराजुलीले २०८१ चैत ०७ गते पेश गरिएको राजीनामा संघको विधान, २०२७ (सातौँ संशोधन, २०७५) को धारा ४० को उपधारा ३ बमोजिम मिति २०८२ जेठ २ गते स्वीकृत भएको र त्यसपछि कुनै जिल्ला कार्यसमिति नगरहेको जानकारी गराएको थियो ।
विज्ञाप्तीमा भनिएको थियो – ‘जिल्ला अध्यक्ष श्री विशेष पराजुलीको राजीनामापछिहाल बागलुङ जिल्लामा नेपाल विद्यार्थी संघको कुनै वैधानिक जिल्ला कार्यसमिति क्रियाशील नरहेको कुरा स्पष्ट पार्न चाहन्छौँ, तर पछिल्लो समय केही व्यक्तिहरूले संघको आचारसंहिता, २०८० विपरीत तथा वैधानिक संरचनाविपरीत अवैधानिक रूपमा समिति गठन गरेको भन्ने जानकारी प्राप्त भएको हुँदा यस प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ, बागलुङ जिल्लाको नयाँ नेतृत्व चयन सम्बन्धी निर्णय संघको १२ औं महाधिवेशन निर्देशन समिति तथा नेपाली काँग्रेस बागलुङ जिल्ला कार्यसमितिसँग आवश्यक समन्वय र सहकार्यमा यथाशीघ्र गरिने जानकारी गराउँदछौं ।’
नेपाल विद्यार्थी संघ हाल महाधिवेशन केन्द्रित भइसकेको भन्दै संघको वैधानिक निर्णय तथा संरचना विपरीत स्वघोषित रूपमा नेपाल विद्यार्थी संघको नाममा गठित कुनै पनि समूह वा व्यक्तिहरूद्वारा गरिने निर्णय, कार्य वा गतिविधिप्रति केन्द्रीय समिति जवाफदेही नहुने विज्ञप्तीमा उल्लेख छ ।
जिल्लामा भेलाबाट चयन भएका सुवेदीले आफ्ना पदाधिकारी समेत चयन गरिसकेका छन ।  जिल्ला र केन्द्रबाट छुट्टा छुट्टै अध्यक्ष चयन हुँदा नेविसंघका कार्यकर्ता भने अन्यौलमा परेका छन । ‘जिल्लामा १३ जना नेता सहभागी भएर भेला गरेर एउटा अध्यक्ष चुनेछन्, केन्द्रले त्यो आधिकारीक हैन भन्यो, नेविसंघकै एक कार्यकताएले भने,–केन्द्रबाट आज फेरी अर्को अध्यक्षको चिठी आयो, हामी कार्यकर्तालाई नेतृत्व को हो भन्ने नै आन्यौल छायो अब त केन्द्रकै आधिकारीक अध्यक्ष तोकेर आए पछि उसैलाई मान्नुपर्ने होला । नेविसंघ भित्रको लडाईले सिंगो संगठनमा नै असर गर्ने उनले बताए ।   

प्रतिक्रिया