घिमिरेलाई स्वास्थ्यकर्मी संघ गण्डकीको कार्यबहाक अध्यक्षको जिम्मेवारी

  • जेठ ३०, २०८०

पोखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको कार्यबहाक अध्यक्षको जिम्मेवारी देवप्रकाश घिमिरलाई तोकिएको छ । संघका अध्यक्ष नारायण प्रसाद बरालको स्वर्गारोहण भै रिक्त रहेको अध्यक्ष पदमा घिमिेरलाई जिम्मेवारी तोकिएको नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरेले जानकारी दिए ।  
संघको गण्डकी प्रदेश उपाध्यक्ष रहेका घिमिरेलाई केन्द्रीय समितिले गण्डकी प्रदेशको कार्यबहाक अध्यक्षको जिम्मेवारी तोकेको हो । 
स्वास्थ्य कार्यालय बागलुङमा क्षयकुष्ठ निरिक्षक अधिकृत पदमा कार्यरत घिमिरे स्वास्थ्यकर्मी संघ बागलुङको अध्यक्ष हुँदै प्रदेशको उपाध्यक्ष भएका हुन । उनि नेपाल निजामती कर्मचारी युनियनको जिल्ला तह हुँदै पनि केन्द्रीय प्रतिनिधिको रुपमा रहेका छन । 
 

प्रतिक्रिया