बागलुङ । नेपाली काँग्रेस बागलुङले जिल्लामा विभिन्न तहमा सम्मेलन संचालन गरेको छ । वडा तहको सम्मेलन सकिए सँगै शनिबार जिल्लाका दश वटै स्थानिय तहमा गाउँ नगरपालिका सम्मेलन मिति तय गरेको थियो । अधिकाशं स्थानिय तहमा गाउँ नगर सम्मेलन भयो । सम्मेलनमा सहभागी अधिकाशंले पार्टी कार्यकर्तामा निराशा र जनतामा वितृष्णा पैदा भएको भनि गुनासो पोखेका छन ।
उनिहरुले सुख दुःखको साथीको रुपमा पार्टीलाई अगाडि बढाउन सल्लाह दिँदै नेता कार्यकर्ताले पार्टीलाई सुधार गरेर अगाडी जानुपर्नेमा सुझाव दिएका छन । नेपाली काँग्रेस बागलुङ नगरपालिका समितिको आयोजनामा वडा नं.–१३ पैयुँपाटामा भएको नगरसम्मेलनमा सहभागी नेता कार्यकर्ताले पार्टी रुपान्तरण गर्न जरुरी रहेको र नेतृत्व नयाँ पुस्तामा ल्याउनुपर्नेमा जोड दिए । उनिहरुले नेतृत्वले पार्टी संगठनलाई आम नागरिकसंग जोड्न भुमिका खेल्न नसकेको समेत गुनासो पोखे ।
सहभागीले पार्टीबाट निर्वाचित जनप्रतिनिधि पार्टी प्रति नै उत्तरदायी नबनेकोमा चिन्ताको विषय बनेको बताए । ‘निर्वाचन लड्नका लागि पार्टी चाहिने, निर्वाचन जित्नका लागि नेता कार्यकर्ताहरु परिचालित हुनुपर्ने, जनतासंग धाएर फकाएर जिताउनुपर्ने अनि पदमा पुगेपछि जनप्रतिनिधिहरु पार्टी प्रति कुनै उत्तरदायी छैनन, सहभागी एक कार्यकर्ताले भने,–‘हेर्नुस त आज नगर सम्मेलनमा वडा बाट निर्वाचित जनप्रतिनिधि कति हुनुहुन्छ । के पार्टीबाट टिकट पाए पनि उनिहरु उत्तरदायी बन्नुपर्ने हैन ? वडा अध्यक्ष भए भन्दैमा पार्टी प्रति कुनै चासो नदिने । यसमा गम्भिर समिक्षा गर्न जरुरी रहेको छ । बानपाको नगर सम्मेलनमा काँग्रेसबाट टिकट पाएका वडा अध्यक्षहरु मध्ये बानपा १३– वडा अध्यक्ष नारायण शर्मा पौडेल र बानपा–१४ का वडा अध्यक्ष चक्रबहादुर खत्री र वलेवा क्षेत्रकै वडा सदस्यहरुको सहभागिता थियो । १४ वडा मध्ये दुई वटा वडाका मात्र जनप्रतिनिधि देख्दा यस्ता प्रश्नहरु बारम्बार दोहोररिएका थिए । बागलुङ नगरपालिकामा नगरप्रमुख सहित ८ वडा वडामा काँग्रेसले निर्वाचन जितेको छ । सहभागीले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले काँग्रेसको नीति सिद्धान्त र घोषणापत्रको आधारमा पार्टीलाई जनतासंग जोड्नेगरी काम गर्नु जरुरी रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका पुर्व उपसभापति एवं महाधिवेशन प्रतिनिधि जगदिशचन्द्र उपाध्यायले पार्टी रुपमान्तरणका लागि सवै भन्दा पहिले नेता तथा कार्यकर्ता नै रुपान्तरण हुन जरुरी रहेको बताए । उनले हिजोको अवस्थामा अहिलेको काँग्रेस नरहेको हुँदा यसलाई सुधार गरेर लैजानुपर्ने जोड दिए । ‘अहिले नेता कार्यकर्ता सबै क्षेत्रमा पार्टी अनुशासनको पालना गर्ने चलन हराएर गएको छ,’ गुट उपगुटले संगठनमा धेरै असर परेको छ । पार्टी संगठनमा आवद्ध भएपछि त्यसको गरिमा र मर्यादा कस्तो हुनेपर्छ भन्ने कसैमा ख्याल छैन । उपाध्यायले भने,–‘पार्टी भित्र केही गलत व्यक्ति र गलत प्रवृत्तिको विकासले पार्टी जीवनलाई ठूलो धक्का पु¥याएको छ ।’ उनले नेतृत्व जवाफ देही भएर चाँडै नै निति महाधिवेशन गरेर पार्टीको संगठन सुदृढिकरण तर्फ जानुपर्ने बताए ।
कार्यक्रममा बोल्ने अधिकाँस वक्ताले पार्टीले संगठनलाई बजबुत बनाउनका लागि सबै भातृ सुभेच्छुक संगठनहरुलाई चलायमान बनाउनुपर्ने, पार्टी नेता कार्यकर्तालाई योग्यता क्षमता अनुसारको जिम्मेवारी प्रदान गर्नुपर्ने बताएका थिए । उनिहरुले स्थानीय निर्वाचनदेखि प्रदेश र संघको निर्वाचनमा गठबन्धन गरेर त्यसले केही लाभ भए पनि दीर्घकालीन रुपमा पार्टीलाई ठूलो क्षति भएको निचोड निकालेका थिए । पछिल्लो समयमा पार्टी संगठनमा समस्या देखिएका र केही साथीहरु विचलित भएर कतिपय अन्य पार्टीमा गएको प्रति चिन्ता प्रकट गरेका थिए । सहभागीले यसको समाधानका लागि चित्त दुःखाएका साथीहरुलाई पार्टी काममा फर्काउने र पार्टीलाई जनताको जनजिविकाको सवालसंग जोडेर मात्रै रहेको बताएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका गण्डकी प्रदेश सदस्य पार्वती आचार्य, काँग्रेस बागलुङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेल, नेपाली काँग्रेसका जिल्ला सदस्य नारायण प्रसाद श्रेष्ठ, महाधिवेशन प्रतिनिधि एवं बानपा–१३ वडा अध्यक्ष नारायण शर्मा पौडेल, महाधिवेशन प्रतिनिधि विष्णु पौडेलले काँग्रेसलाई मजबुत र बलियो पार्टी बनाउँदै आगामी निर्वाचनमा एक्लै जनताको बीचमा जाने वाताबरण सिर्जना गर्नका लागि आन्तरिक पार्टी सुधारका लागि यो अभियान सञ्चालन गरिएको बताए । उनिहरुले पार्टीलाई बलियो बनाउनका लागि वडा सम्मेलनदेखि उठेका विषयवस्तुहरु गाउँ नगर, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा छलफल गरेर नेपाली काँग्रेसलाई जनतासंग जोड्नेगरी कार्यक्रम ल्याउन अहिलेको अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य दिनेश पन्त, प्रदेश महाधिवेशन प्रतिनिधि राधिका कुवँर र बानपा १३ का पार्टी सभापति चन्द्रबहादुर खत्री लगायतले बोलेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा बाबुको अध्यक्षता उपसभापति नारायण पौडेलको स्वागत र सचिव कृष्ण शर्माको संचालनमा सम्पन्न भएको थियो ।