• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

गण्डकी प्रदेश सरकारले ३२ अर्ब आसपासको बजेट प्रस्तुत गर्ने अनुमान

  • असार १, २०८२

कास्की — गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आइतबार दिउँसो ४ बजे प्रदेशसभामा प्रस्तुत गर्दै छ । आर्थिक मामिलामन्त्री टकराज गुरुङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् । 

आगामी आर्थिक वर्षका लागि साढे ३२ अर्ब आसपासको बजेट प्रस्तुत गर्ने तयारी छ । सरकारले चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको थियो । प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि २९ अर्ब ५० करोड बराबरको बजेट ल्याउन प्रदेश स्रोत अनुमान समितिले सिफारिस गरेको थियो । सुरुमा ३० अर्ब आसपासको बजेट ल्याउने तयारी गरेको सरकारले योजनाको चाप बढेपछि २ अर्बका कार्यक्रम थपेको हो ।

प्रदेश सरकारले भौतिक पूर्वाधारतर्फ ५० लाख, ऊर्जा जलस्रोततर्फ १० लाख, सामाजिक, पर्यटन र वन मन्त्रालयतर्फ ५–५ लाख रुपैयाँभन्दा कमका योजनामा बजेट नहाल्ने सिलिङ बनाएको छ ।

गण्डकमा सत्तापक्ष र प्रतिपक्ष सांसदका योजनालाई वार्षिक विकास कार्यक्रममा समावेश गर्ने गरी छुट्टाछुट्टै बजेट ‘सिलिङ’ दिइएको छ । प्रत्यक्षलाई १० लाखदेखि २ करोड ५० लाख रुपैयासम्मको ‘सिलिङ’ मन्त्रालयले दिएका छन् । समानुपातिक सांसदलाई त्यसको आधा–आधा ‘सिलिङ’ तोकिएको छ ।
गण्डकीमा प्रत्यक्ष निर्वाचित सांसदले करिब ४ करोड २० लाख र समानुपातिकले करिब २ करोड ३५ लाख रुपैयाँ बराबरको आयोजना पाउनेछन् । गण्डकीमा ३६ प्रत्यक्ष र २४ समानुपातिक सांसद छन् । मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) कारागार रहेकाले उनको पद निलम्बनमा छ  ।


 

प्रतिक्रिया