प्रदेशले कनिका छरेझैं बजेट बाँड्दैन् : मुख्यमन्त्री पाण्डे

  • जेठ ६, २०८०

बागलुङ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अगामी वर्षको बजेट कनिका छरेझैं बजेट नबाँड्ने बताएका छन । उनले आगामी निति तथा कार्यक्रम र बजेट मार्फत प्रदेश भित्रका टुक्रे योजना र बजेटलाई नियन्त्रण गर्ने बताएका छन ।  बागलुङ नगरपालिकाले आयोजना गरेको ‘हाम्रा ३६५ दिन, सम्मान तथा चियापान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले स–साना टुक्रे काम गर्ने जिम्मेवारी स्थानीय तहको भएको हुँदा प्रदेश सरकारले साना योजना नबनाउने बताएका छन । पाण्डेले तिन तहकै सरकारका योजना उस्तै र दोहोपन देखिएको हुँदा २५ लाख भन्दा कममा योजना प्रदेशले नबनाउने बताए । ‘प्रदेश सरकार बजेटमा सिङिलनै तोकेर योजनाहरु निर्माण गर्नेछ । मुख्यमन्त्री पाण्डेले भने जनताले महशुस गर्ने गरी काम गर्नका निम्ती साना योजना बनाउने छैनौं । साना योजनाका लागि त स्थानिय सरकार नै छ । आवश्यकताका आधारमा सवैलाई समेटने निति तथा कार्यक्रम आउनेछ त्यही अनुसार बजेटको पनि तयारी थालिएको छ ।’ 
‘स–साना काम गरेनन् भनेर प्रदेशका माननीयलाई गाली नगर्नुहोला’, उनले भने, हामिले स्थानीय तहले नसकेका योजनामा लगानी गर्छौं, जसले दिर्घकालिन महत्व राख्न सकोस । उनले बागलुङ नगरपालिका गण्डकी प्रदेशकै दोस्रो धेरै सम्भावनाको पालिका भएका कारण प्रदेश सरकारको उचित ध्यान जाने बताए ।

अब कुनै पनि योजना पहुँचका आधारमा प्रदेश सरकारले नराख्ने बताए । पाण्डेले गण्डकी प्रदेश भित्र रहेका साधन श्रोतहरुको अधिकतम प्रयोग गरेर नै जनताको चाहना पुरा गर्ने बताए ।  
कृषि उत्पादनको वृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने र सामूहिक खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम अबको निति तथा कार्यक्रममा समावेश गर्ने उनको भनाई थियो । 
    ‘हामी भर्खर आएका छौं हामिले’ रोजगारी सिर्जना गछौं, उद्योग चलाउँछा भनेर सम्भव छैन्, हाम्रो जमिनको उपयोग र कृषिको उत्पादनबाट हामीले समृद्धिको सुरुवात गर्नुपर्ने छ’, पाण्डेले भने, ‘हामीले स्पष्ट नीति नबाएर सहकारी वा समूहमार्फत सामूहिक खेती प्रणालीको सुरुवात गर्छौं, सामूहिक रुपमा व्यावसायिक खेती गर्नेलाई प्रोत्साहन गर्ने कार्यक्रम आगामी वर्ष नै ‘पाइलट प्रोजेक्ट’का रुपमा सुरुवात हुनेछ । ’ 

    पाण्डेले स्थानीय तहहरुलाई पकेट क्षेत्र मानेर सोही अनुसारको उत्पादनमा जोड दिने नीतिको तयारीमा प्रदेश सरकार रहेको बताए ।  पाण्डेले जनप्रतिनिधिहरुको पहिलो वर्ष भनेको सिक्दा सिक्दै जाने हुँदा काम कति  ग¥यो गरेन् भनेर मुल्याङ्कन गर्ने समयन नपुगको बताए ।  एक वर्षमा त कामको सुरुवात गर्ने दिशा समात्यो कि समातेन भनेर हेर्ने हो, अझै २ वर्ष काम गर्ने मौका हेरौ अनि बल्ल मुल्याङ्कनमा लागौला । 
बागलुङ नगरपालिकाले जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा, प्रदेश सभा, पुर्वजनप्रतिनिधि, र सामाजिक व्यक्तित्व गरी ६० जना भन्दा धेरैलाई सम्मान गरेको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । 
कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र थापाले बागलुङको कृषि, उद्योग र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेको हुँदा यहाँको विकासका निम्ती तिन तहकै सरकारले ध्यान दिने बताए । कार्यक्रममा संघिय सांसद देवेन्द्र पौडेल, गण्डकी प्रदेशका उपसभामुख विना कुमारी थापा, प्रदेश सभा सदस्य कुशुम बुढा, बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायतले शुभकामना दिएका थिए । 
कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता एवं स्वागत, उपप्रमुख राजु खड्काको धन्यबाद मन्तव्य र प्रशासन शाखा प्रमुख भिमसेन पन्तको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया