☰

कांग्रेसको १५औँ महाधिवेशनमा युवा खुलातर्फ केन्द्रीय सदस्यमा अधिवक्ता पवन आचार्यको उम्मेदवारी

  • असोज २१, २०८३

काठमाडौं -  नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागलुङका युवा नेता तथा अधिवक्ता पवन आचार्यले ३५ वर्षमुनिको युवा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

बागलुङ क्षेत्र नम्बर १ बाट युवा खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित आचार्य लामो समयदेखि विद्यार्थी राजनीति, पार्टी संगठन तथा नीतिगत गतिविधिमा सक्रिय रहँदै आएका छन् ।

नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका आचार्य विद्यार्थी राजनीतिदेखि नै संगठन निर्माण, युवा सहभागिता तथा नीतिगत बहसमा सक्रिय रहँदै आएका छन्।

नेपाली कांग्रेसका नेता गगनकुमार थापासँग निकट रहेर आचार्यले पार्टीका विभिन्न राजनीतिक, सांगठनिक तथा नीतिगत गतिविधिमा सहकार्य गर्दै आएका छन् ।

पछिल्ला चार वर्षदेखि नेपाली कांग्रेसका सांसदहरूलाई संसदीय गतिविधिमा सहयोग गर्दै आएका आचार्यले संसदीय अभ्यास, विधायिकी प्रक्रिया तथा नीति निर्माणका क्षेत्रमा व्यावहारिक अनुभव हासिल गरेका छन्। सांसदहरूलाई संसदीय कामकारबाहीसँग सम्बन्धित अध्ययन, अनुसन्धान, विधेयक तथा नीतिगत विषयहरूको तयारीमा सहयोग गर्दै आएका उनी संसदभित्र हुने नीतिगत बहस र विधायिकी प्रक्रियासँग नजिकबाट जोडिँदै आएका छन् ।

नेपाली कांग्रेसले अघि सारेको ‘मिसन रोजगारी’ अभियानको सुरुवात, व्यवस्थापन तथा सञ्चालनमा आचार्यले सक्रिय भूमिका निर्वाह गरेका छन्। युवाको रोजगारी, उद्यमशीलता र आर्थिक अवसर विस्तारका विषयमा उनले नीतिगत तथा कार्यक्रमगत तहमा काम गर्दै आएका छन् ।

आचार्य नेपाली कांग्रेसको चुनावी घोषणापत्र तथा विभिन्न नीतिगत दस्ताबेज निर्माण प्रक्रियामा समेत सक्रिय रूपमा संलग्न रहँदै आएका छन् ।

पेसाले अधिवक्ता रहेका आचार्य कानुन, सार्वजनिक नीति, विधि निर्माण तथा नीतिगत अध्ययन र अनुसन्धानमा समेत संलग्न रहँदै आएका छन् । विद्यार्थी राजनीतिदेखि कानुनी अभ्यास, संसदीय गतिविधि र पार्टीको नीति निर्माणसम्मको अनुभवसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका आचार्यले पार्टीमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता, संगठनात्मक सुदृढीकरण तथा परिणाममुखी राजनीतिक अभ्यासलाई प्राथमिकतामा राखेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय