नेपाल महिला संघको स्थापना दिवसमा बजार सरसफाई 

  • साउन २५, २०८०

बागलुङ । नेपाल महिला संघको स्थापना दिवसमा बागलुङ बजारमा सरसफाइ गरिएको छ । नेपाल महिला संघको ७६ औँ स्थापना दिवसको अवसरमा बागलुङ बजार क्षेत्रको सरसफाई गरिएको नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माले बताईन् । नेपाल महिला संघ बागलुङको आयोजनामा नेपाली काँग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्का, काँग्रेसका केन्द्रीय सदस्य एवं बागलुङ जिल्ला प्रतिनिधि हरिशरण नेपाली, महिला संघ केन्द्रीय सदस्य पार्वती आचार्य, भगवती केसी सहित पार्टी नेता कार्यकर्ता भातृ तथा सुभेच्छुक संस्थाका प्रतिनिधिहरुको सहभागितामा बागलुङ बजार क्षेत्रको सरसफाई गरिएको शर्माले जानकारी दिईन् । 
यसैबीच महिला संघको स्थापना दिवसको अवसरमा गलकोट नगरपालिकामा डष्टबिन वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल महिला संघ जिल्ला उपाध्यक्ष भिमकली श्रीसले विगतको कामहरुलाई दोहो¥याउदै औपचारिकता प्रदान गर्नु भन्दा भिन्न काम गर्दा सफलता मिल्ने बताईन् । उनले बजार व्यवस्थापनको लागि सानासाना कुराहरुलाई ध्यान दिदै हटिया बजारमा फोहोर व्यवस्थापनको लागि डष्टबिन वितरण गरिएको बताईन् । 
नेपाल महिला संघ गलकोट नगर अध्यक्ष मिना ताम्राकार श्रेष्ठले नेपालमा जहाँनिया राणाहरुको निरङ्कुस शासनको बेला नेपालको पहिलो भातृ संगठन र नेपाली कांग्रेसको ज्येष्ठ संगठन नेपाल महिला संघको २००४ सालमा स्थापना भएको बताईन् । नेपाली नागरिकहरुले बोल्न पाउने, पढ्न लेख्न पाउने, राजनितिक दल खुल्न पाउने लगायतका सबै अधिकारबाट वञ्चित भएको र त्यहि चरम दमनको समयमा स्वार्गिय मंगलादेवी सिंहको नेतृत्वमा नेपाल महिला संघको ऐतिहासिक स्थापना भएको समेत बताईन् । श्रेष्ठले नेपाली महिलाहरु हरेक कार्यक्रममा सक्रिय हुनुपर्ने, आर्थिक भौतिक, राजनंैतिक तवरमा जबसम्म महिला सक्रिय हुन सक्दैनन् तबसम्म कुनै पनि क्षेत्रको विकास नहुने बताईन् । 
कार्यक्रमको अवसरमा गलकोट नगरपालिका वडा नम्वर ३ का कार्यवाहक वडा अध्यक्ष खिम साहनी र वडा सचिव चन्द्र श्रीसलाई १५ वटा डष्टबिन हस्तान्तरण गरिएको थियो । उक्त डष्टबिन फोहोर व्यवस्थापनको लागि हटियाको विभिन्न स्थानमा राखिने समेत जनाईएको छ । कार्यक्रममा नेपाल महिला संघका जिल्ला सहसचिव तथा नेपाली कांग्रेस प्रदेश प्रतिनिधी कमला श्रीस, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य तथा गलकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष हिम बहादुर भण्डारी (हेमन्त), नेपाली कांग्रेस गलकोट नगर सभापति विरजंग भण्डारी, नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्वर ३ का अध्यक्ष नन्दराज शर्मा, स्वतन्त्र विद्यार्थि युनियन गलकोट बहुमुखी क्याम्पसका सभापति लोकेन्द्र गैरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
 

प्रतिक्रिया