काँग्रेस बागलुङका ३४ महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा

  • असोज २५, २०८२

बागलुङ - काँग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्रवान गरेको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियानमा कांग्रेस बागलुङका ३४ जना महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन । 
काँग्रेस बागलुङका नेता एवं महासमिति सदस्य जगदिशचन्द्र उपाध्यायका अनुसार बागलुङका २ वटै प्रतिनिधि सभा क्षेत्रका ३४ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर केन्द्रीय पार्टी कार्यालयमा बुझाईएको छ । 
नेता उपाध्यायको नेतृत्वमा महाधिवेशन प्रतिनिधिहरु चिरञ्जीवी गौतम, प्रकाश आचार्य र काँग्रेस बागलुङ नगरपालिका सभापति एवं तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा बाबु सहितको टोलीले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर विवरण बुझाएका हुन । जिल्ला तहबाट हस्ताक्षर संकलन गरीएको विवरण पार्टी केन्द्रीय कार्यालयमा बुझाएका हुन । 

बागलुङबाट विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेमा प्रतिनिधि सभा क्षेत्र नं. १ बाट नेता उपाध्याय सहित पुर्व सभापति हरिप्रसाद श्रेष्ठ, हरिहर शर्मा, डिल्लीराम सुवेदी, शकुन्तला शर्मा, कल्पना हमाल पाठक, चिरञ्जीवी गौतम, प्रकाश आचार्य, भिम श्रीष, सिताराम रसाईली, उमाकान्त शर्मा पौडेल, कमला पराजुली, दुर्गादेवी वि.क., जगुपती कंडेल प्रेम छन्त्याल, ओमकार थापा भगवती सापकोटा, बेमकुमारी थापा, राजु थापा, टोपबहादुर मल्ल र टंकप्रसाद शर्मा कडेल रहेका छन । 
राजु थापा जनसम्पर्क समिति पोर्चुगलबाट निर्वाचित महाधिवेशन प्रतिनिधि हुन भने टोपबहादुर मल्ल भुपूसैनिक संघबाट मनोनित महाधिवेशन प्रतिनिधि हुन । प्रजातन्त्र सेनानी संघका केन्द्रीय सभापति टंकप्रसाद शर्मा कंडेलले पनि आफु विदेशमा रहेता पनि काँग्रेस रुपमान्तरणको पक्षधर रहेको हुँदा यो अभियानमा सहभागी हुने मौखिक प्रतिवद्धता सहित हस्ताक्षर पठाएको नेता उपाध्यायले जानकारी दिए ।   
यसै क्षेत्रबाट महाधिवेशन प्रतिनिधि रहेका मणिभद्र शर्मा कंडेल, प्रकाश शर्मा पौडेल, बसन्त कुमार श्रेष्ठ, पार्वती आचार्य, नारायण शर्मा पौडेल, विष्णु पौडेल दारी र क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेल भने हस्ताक्षर अभियानमा सहभागी भएको पाइएन । यसै क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि चम्पादेवी खड्का केन्द्रीय सदस्य हुन भने  अर्को महाधिवेशन प्रतिनिधि नवराज पौडेल काँग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका थिए ।  त्यसैगरी बागलुङ बाटै किरणराज पौडेल केन्द्रीय सदस्य रहेका छन । 
स्वतरुफुर्त रुपमा हस्ताक्षर गर्नेको विवरण बुझाईएको हो 
अहिलेको परिस्थितीमिा महाधिवेशन विधानको बाध्यता र समयको आवश्यकता दुवै भएकाले विशेष वा नियमित जे भए पनि तत्काल हुनुपर्ने पक्षमा आफुहरुको मत रहेको नेता उपाध्यायले बताए । उपाध्यायले काँग्रेस पार्टी भित्र पुर्नगठन र रुपान्तरण आवश्यक रहेको हुँदा स्वतरुफुर्त रुपमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा बुझाएको बताए । ‘हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधि कुनै पक्षधर छैनन् न शेखरको न गगनको न शेरबहादुरको सवै काँग्रेस रुपान्तरणको पक्षधर हुन नेता उपाध्यायले भने,–‘कसैलाई करकाप पनि गरिएको छैन, स्वतस्फुर्तरुपमा केन्द्रीय महामन्त्रीहरुको आह्रावनमा जिल्ला तहमा पनि हस्ताक्षरमा सहभागी हुनुभयो त्यो विवरण हामीले बुझाएका छौं,  हामी तत्काल महाधिवेशनको पक्षधरमा छौं ।’ उनले नेतृत्वले चाहने हो भने नियमित महाधिवेशन नै तत्कालका लागि सम्भव रहेको बताए । 
प्रतिनिधि सभा क्षेत्र नं. २ बाट पनि १३ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन । क्षेत्रीय सभापति जोकलाल बुढा सहित महाधिवेशन प्रतिनिधिहरु नरबहादुर पुन निरज, टेकराज पौडेल, रेणुका काउचा मगर, मञ्जेशबम मल्ल, अर्जुन शेरचन, सागर खरेल, गिता श्रीष, सरस्वती रिजाल आचार्य, राधिका पुन दिपेन्द्र श्रेष्ठ, तिलबहादुर अधिकारी र ऋषिराम कंडेल रहेको क्षेत्रीय सभापति जोकलाल बुढा मगरले जानकारी दिए । बुढाले पार्टी भित्र परिवर्तनका निम्ती यो हस्ताक्षर गरिएको बताए । 
यसै क्षेत्रबाट काँग्रेस बागलुङका पार्टी सभापति जीबहादुर शेरचन, द्रोर्ण कुँवर, तुलासिंह घर्तिमगर, भरत शर्मा गैरे, सिंहबहादुर राना, लिलमाया पुन, देवेन्द्र कुमार घर्तिमगर, दिलमाया पौवी, भुमिराज सेञ्चुरी, सोमबहादुर पौवी यामु, र गण्डकी थापा अधिकारीले हस्ताक्षर अभियानमा सहभागी नभएको बताईएको छ । 
जिल्लाबाट निर्वाचित कुल महाधिवेशन प्रतिनिधि ५२ जना मध्ये प्रतिनिधि सभा क्षेत्र नं १ बाट निर्वाचित नवराज पौडेल २ बाट  निर्वाचित मञ्जु शर्मा चालिसे र देवीप्रसाद भट्टचन नेकपा एमालेमा प्रवेश गरे सँगै कुल ४९ जना  रहेका थिए । जसमा जनसम्पर्क समिति र भातृसंस्थाबाट प्रतिनिधित्व गर्ने ३ जना महाधिवेशन प्रतिनिधि सहित कुल ३४ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर नियमित वा विशेष महाधिवेशनको पक्षमा उभिएको काँग्रेस महाधिवेशन प्रतिनिधि चिरञ्जीवी गौतमले बताए ।

पहिलो शर्त नियमित अधिवेशन हो 
नेपाली काँग्रेसमा अब रुपान्तरणको खाँचो रहेको हुँदा पार्टी रुपान्तरणकै निम्ती हस्ताक्षर अभियान संचालन गरिएको काँग्रेस बागलुङका सचिव एवं महाधिवेशन प्रतिनिधि हरिहर शर्मा बताउँछन । शर्माले पहिलो शर्त नियमित अधिवेशन र यदी नियमित अधिवेशन नभएको खण्डमा विशेष महाविधेशनको माग सहित हस्ताक्षरण बुझाईएको बताए । ‘काँग्रेसमा रुपान्तरणको खाँचो यो हस्ताक्षर अभियानको पहिलो कुरा भनेकै नियमित महाधिवेशनको सुनिश्चितता हो त्यसको दबाब सिर्जना गर्नकै निम्ती देशव्यापी अभियान संचालन भएको छ शर्माले भने,–‘नियमित अधिवेशनका निम्ती पनि नेतृत्वमा दबाब पुगेन भने महाधिवेशन प्रतिनिधिकै हस्ताक्षरले विशेष अधिवेशनको माग गर्दछौं जसका लागि हाल सम्म ५० प्रतिशत पुगिसकेको छ  अब समयको आवश्यकता अनुसार पार्टी नेतृत्वपनि चल्नुपर्दछ ।’ जिल्लामा रहेका अन्य केही महाधिवेशन प्रतिनिधिहरुले केन्द्रीय समितिको बैठकलाई हेरेर हस्ताक्षर गर्ने बुझिएको छ ।  
फाष्ट ट्रया्कमा नियमित महाधिवेशन गर्नुपर्दछ 
हाल हस्ताक्षर अभियानमा सहभागी नभएका महाधिवेशन प्रतिनिधि विष्णु पौडेल दारीले आफु विशेष महाधिवेशन भन्दा पनि तत्काल नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको बताए । उनले नियमित महाधिवेशन नै सम्भव रहेको हुँदा त्यो समयमा नेतृत्वले फाष्ट ट्याक्मा महाधिवेशन गर्नुपर्नेमा जोड दिए । ‘नियमित महाधिवेशन हुनुपर्दछ, फाष्ट ट्रयाकमा गरियो भने सम्भव पनि छ, अबको १० दिनमा क्रियाशिल टुंगाएर तयारी थाल्ने हो भने अबकै ४५ दिन भित्र केन्द्रीय महाधिवेशन गर्न सकिन्छ पौडेलले भने,–‘त्यसका लागि केन्द्रीय नेतृत्व तयार हुन जरुरी छ, पार्टीलाई तत्काल पुर्नगठन गर्न जरुरी रहेको छ । उनले नियमित महाधिवेशनका निम्ती बहुमत जुटाउनुपर्नेमा आफु सहभागी हुने बताए । 
जिल्लामा हिजा शेखर गगन पक्षधरको रुपमा चिनिएका केही नेताहरु भने हस्ताक्षर अभियानमा सहभागी भएनन भने संस्थापन पक्षधरको रुपमा चिनिने र सिटौला पक्षधरका नेताहरु पनि सहभागी भएका छैनन । 
केन्द्रमा डाक्टर शेखर कोइराला भने विशेष महाधिवेशनले पार्टीलाई पुनर्ताजगी नदिने भन्दै नियमित महाधिवेशन नै गर्नुपर्ने बताउँदै आएका छन् ।

महामन्त्रीद्वयले मंसिर भित्र नियमित महाधिवेशन गर्नुपर्ने नभए विशेष महाधिवेशनमा जानुपर्ने जोड गरेका छन । जसका लागि केन्द्रीय समितिको बैठक अगाडी नै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पुरा¥याउनुपर्नेमा हाल सम्म ५० प्रतिशत पुगिसकेको बताईएको छ । 

 
 
 

प्रतिक्रिया