‘आई लभ यू केपी बा’ भन्नेले अब हिसाबकिताब खोज्नुपर्छ : भुसाल

  • ब‌ैशाख ९, २०८२

काठमाडौं - नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओलीसँग हिसाबकिताब माग्न एमाले कार्यकर्तालाई आग्रह गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीको स्थापनाका अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोन गर्दै भुसालले यस्तो धारणा राखेका हुन्।

केपी ओली जहाँ गयो त्यहीँ उनी  विरुद्ध नारा लाग्न थालेको भन्दै उनले विरोधीलाई देखाउन एमालेले वैशाख ११ गते शक्ति प्रदर्शन गर्न लागेको टिप्पणी गरे। ‘यिनी (ओली) जहाँ जान्छन् यिनका विरुद्धमा नारा लाग्न थाल्यो फलानो चोर देश छोड भनेर। विश्वासको तह त्यो छ,’ उनले भने, ‘त्यसलाई जवाफ दिन पर्सी ११ गते ठूलो जनसागरलाई नै आइ लभ यू केपी बा भन्न लगाउने होला।’

‘आइ लभ यू केपी बा’ भन्नेहरुले अब उनीसँग हरेक हिसाबकिताब खोज्नुपर्ने भुसालको भनाइ छ। ‘आइ लभ यू केपी बा होइन, कम्रेड केपी हाम्रो हिसाब देऊ, क्रान्तिको हिसाब देऊ, आन्दोलनको हिसाब देऊ, पार्टी विघटनको, संसद विघटनको, लोकतन्त्रमाथि यो तहको आक्रमणको हिसाबकिताब देऊ भन्नु पर्ने हो,’ उनले भने।

प्रतिक्रिया