बागलुङ-बागलुङ नगरपालिका वडा न. ३ का वडा अध्यक्ष सनी केसी लक्ष्मणले पदबाट राजीनामा दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पछिल्लो समय देशको घट्नाक्रमले दुःखी बनाएको बताउँदै केसीले राजिनामा गरेका हुन् ।
केसीले मंगलबारनै नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठलाई राजिनामा बुझाउने बताएका छन । सरकारले नागरिकको आवाजलाई दवाउन खोज्यो, मैले आफू सार्वजनिक पदमा बस्न हुन्न भन्ने लाग्यो, नगरप्रमुखलाई भेटेको छैन, कार्यालय खुल्यो भने राजीनामा बुझाउँछु केसीले भने, उनले नेपाली कांग्रेस पार्टीको जिम्मेवारीबाट समेत अलग भएको घोषणा गरेका छन् ।