कृष्ण र सरस्वतीको ‘ढाँचा पार्यो नभने’

  • कार्तिक ५, २०७८

भिर्ने झोलामा गितले सर्वाधिक चर्चा कमाएका गायक एवं संचारकर्मी कृष्ण अखेली र सरस्वती लामिछानेको फेरी ढाँचा पार्यो नभने सार्वजनिक गरेका छन । फरक शैलिबाट निर्माण गरिएको उक्त दोहोरी गितको शब्द र लय भने सर्जक शिव अखेलीले गरेका हुन । कृष्ण विके भाञ्जाको एरेञ्जमा निर्माण भएका गितमा अहिलेका चर्चित मोडल सुनिल क्षेत्री र प्रेरणा आचार्य (मुन्नी) ले अभियन गरेका छन । सुनिल क्षेत्रीकै निर्देशनमा बनेको उक्त गित पोखराका साथै पर्वतको कुश्मा र बागलुङको बलेवा जोडेर बनाईएको बञ्जी जम्प र द क्लिफ रिर्सोटमा छायांकन गरिएको छ । सरस्वती लामिछाने युवट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गित जनता डिजिटल फिल्मस मार्फत अमृत चापागाईले सम्पादन गरेका छन । गायक अखेली र गायिका लामिछानेले लोकगित संगितमा लामो समय देखी सहयात्रा गर्दै आएका छन । उनिहरुले गाएका यस अघि भिर्ने झोलामा लगायतका विभिन्न तिजका गितहरुले सफलता पाएका थिए । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला
 

 

प्रतिक्रिया