दिपकको ‘ए मैना’ (भिडियो सहित)

  • माघ २२, २०७८

बागलुङ- बिदेशी भुमिमा रहेर नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय गायक तथा सर्जक दिपक केसीको नयाँ गीत ‘ए मैना’ सार्वजनिक भएको छ ।
किशोर अवस्थाका युवा युवतीको भावनालाई रोचक शव्द चयन मार्फत संगीतमा उतारिएको उक्त गीत युट्युव मार्फत सार्वजनिक भएको हो ।चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको गीतको भिडियो झझल्को डिजिल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा चर्चित मोडल लोमस शर्मा र नम्रता सापकोटाको अभिनय रहेको छ ।
कुशल विश्वकर्माको लय सिर्जना गीतमा रहेको गीतमा योवन अवस्थाका प्रेमील जोडि बीचको रोमाञ्चक वार्तलाभलाई संगीतमा प्रस्तुत गरिएको छ। राम केसीको छायाँकन, अमृत चापागाँईको सम्पादन तथा दिलिप रेग्मीको निर्देशनमा गितको भिडियो तयार गरिएको छ ।

नेपाली जीवशैलीलाई शब्दमा उतार्न सक्ने कुशल संगीतकार केसि हाल जन्मभुमि छोडेर बैदेशिक रोजगारीको शिलसिलामा संयुक्त राज्य अमेरिकामा छन् । बागलुङ नगरपालिका वडा नम्बर -३ खहरेमा जन्मिएका केसिले यस अघि ‘पिरतिको छाता’ र ‘शिखर छुने छ’ भन्ने बोलका गीतहरु बजारमा ल्याइसकेका छन् ।

नयाँ गीत “ए मैना” को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया