• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • ट्रेन्डिंङ

काँग्रेस गाउँ नगरपालिका अधिवेशन–बागलुङमा पौडेल समुहको बर्चश्व

  • असोज ११, २०७८

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगतको गाउँ र नगरपालिका स्तरीय अधिवेशन गत शनिबार देखी सुरु भएको छ । जिल्लाका दश पालिका मध्ये ९ वटामा नयाँ नेतृत्व चयन भै सकेको  छ भने बरेङ गाउँपालिकामा केही समयका लागि स्थगित भएको छ । आईतबार जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा निर्वाचन नै  भयो । निर्वाचनबाट बागलुङमा उमाकान्त शर्मा ‘बाबु’ र जैमिनीमा प्रेम सापकोटा निर्वाचित भए । शर्माले अर्को उम्मेदवार कर्णबहादुर हमाललाई ६२ मतले पछि पार्दै निर्वाचित भए भने सापकोटाले अर्को उम्मेदवार काशिराम आचार्यलाई ३० मतको अन्तरले पछि पार्दै निर्वाचित भएका थिए । त्यसैगरी जिल्लाको बडिगाड गाउँपालिकामा पनि आईतबार नै कृष्ण गुरुङ सर्वसम्मत सभापतिमा चयन भए । यस अघि जिल्लाको ताराखोला, काठेखोला, निसीखोला र तमानखोलामा सर्वसम्मत भएको थियो ।
जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकामा निर्वाचन प्रक्रियाबाट नै धनबहादुर कायत ‘कल्याण’ सभापति भएका थिए । उनी दिपक कुमार अदै सँग निर्वाचनमा होमिएका थिए । आईतबार साँझ सम्म जिल्लाको आठ वटा स्थानिय तहमा नयाँ नेतृत्व टुंगिएको थियो भने गलकोट नगरपालिकामा सोमबार मात्रै टुंगिएको छ । 
लामो समयको प्रयास पछि युवा नेता विरजंग भण्डारी सर्वसम्मत सभापतिमा चयन भएका छन । 
गलकोट नगरपालिका–ं ३ का वडा अध्यक्ष समेत रहेका भण्डारी यस अघि नगर सचिव थिए । ३० वर्षिय भण्डारी जिल्लाकै कान्छा सभापति हुन ।   
अहिले सम्म बागलुङका ९ वटा पालिकामा कांग्रेसको नेतृत्व चयन भएको छ । ती मध्ये अधिकांसमा कांग्रेसको रामचन्द्र पौडेल पक्षको हावी भएको छ । भण्डारी समेत पौडेल पक्षका हुन् । कांग्रेसका जिल्ला स्तरीय नेताका अनुसार सदरमुकामको बागलुङ नगरपालिकामा निर्वाचित उमाकान्त शर्मा, जैमिनीका प्रेम पौडेल र ढोरपाटनका कल्याण कायत पनि पौडेल पक्षकै ह्ुन् । बडिगाड गाउँपालिका सभापति कृष्ण गुरुङ, ताराखोला गाउँपालिकाका सभापति कमलापति पाठक र निसीखोला गाउँपालिकाका सभापति सूर्यबहादुर घर्ती पनि पौडेल पक्षकै ह्ुन् । काठेखोला गाउँपालिका सभापति भएका यामदत्त कंडेल पनि निर्वाचन अघि पौडेल पक्षका हुन् । संस्थापनको सहकार्यमा उनले सभापति हात पारे भने अब पुन पुरानै समुहमा फर्कने आंकलन गरेका छन । 
तमानखोला गाउँपालिका सभापति भएका लालकुमार छन्त्याल भने कुन पक्षको भन्ने हाल सम्म एकिन भएको छैन । 
निर्वाचन मार्फत स्थापित भएका सभापति सहतिका पदाधिकारी पनि पौडेल पक्षकै बर्चस्व छ । बागलुङ नगरमा एक उपसभापति बाहेक सबै पौडेल पक्षका पदाधिकारी निर्वाचित भएका छन् । अन्य पालिकाका पदाधिकारीमा पनि पौडेल पक्षको बर्चस्व रहेको जिल्लामा चर्चा चलेको छ । गाउँ नगरपालिका तहको अधिवेशनले आगामी प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्रीय र जिल्ला अधिवेसनको लागि पनि केही संकेत गरेको जिल्ला स्तरीय नेताहरुले आंकलन गर्न थालेका छन् । 
‘यो निर्वाचनले संस्थापन इतरलाई निकै हौसला थपेको छ’ बानपा २ का क्षेत्रीय प्रतिनिधि गणेश लम्सालले भने, ‘अब जिल्ला देखि केन्द्र सम्म संस्थापन इतर पक्ष बलियो बन्दै गएको देखिन्छ ।’ बागलुङको बरेङ गाउँपालिकामा भने सहमती जुटन नसकेपछि अनिश्चित कालका लागि अधिवेशन रोकिएको छ । ‘केही प्राविधिक कारणले अधिवेसन रोकिएको छ’ मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद शर्माले भने, ‘सहमतिका लागि साथीहरुले केही समय मागेपछि थप भएको हो ।’

आसन्न महाधिवेसनमा कांग्रेसको जिल्ला सभापति दौडमा ५ जना देखिएका छन् । पौडेल पक्षबाट जिल्ला सभापतिका लागि जगदिशचन्द्र उपाध्याय यस अघि नै सभापतिका लागि उम्मेदवारी घोषणा गरि सकेका छन । उनि यो समुहको एक्लो  उम्मेदवार हुन ।  संस्थापन तर्फ पार्टी सभापति दिपेन्द्र बहादुर थापा, सचिव नवराज पौडेल क्षेत्रीय सभापति द्रोण कुँवर र महाधिवेसन प्रतिनिधि जगन्नाथ आचार्यले पनि उमेदवारी दिने तयारी थालेका छन् । सभापति उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि अनिवार्य जित्नुपर्ने हुन्छ । महाधिवेशन प्रतिनिधिमा नै कडा प्रतिस्पर्धा हुने देखिएपछि संस्थापन पक्षले अझै कसलाई उम्मेदवार बनाउने भन्ने विषय टुंगाएको छैन । यद्धपी सभापतिको उम्मेदवारका लागि आफ्नै आफ्नै दाबि रहेका छन । आउँदा अधिवेशन भने कहिले हुने टुंगो छैन ।  
 

प्रतिक्रिया