बागलुङ -भूमि समस्या समाधान आयोग जिल्ला समिति बागलुङले पूर्णता पाएकाे छ । समितिको विज्ञ सदस्यमा उमेश गौतम र सदस्यमा केशर बहादुुर थापा (केशव)लाई नियुक्ती गरिएसँगै जिल्ला समिती बागलुङले पूर्णता पाएकाे हाे
। फागुन २८ गतेको मन्त्रीस्तरको निर्णणले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ को दफा ८ को उपदफा (१) बमोजिम बागलुङका लागि गौतमलाई विज्ञ सदस्य र थापालाई सदस्यमा नियुक्ती गरिएको हो । आयोगको जिल्ला अध्यक्षमा यस अगाडी नै जिल्लाको बडिगाड गाउँपालिकाका भिमप्रसाद शेरचन (सुनिल) र महिला सदस्यमा बागलुङ नगरपालिका १ का लक्ष्मी बोहोरा नियुत्ती भएका थिए । शेरचन र बोहोरा नेकपा एमालेको तर्फबाट मनोनित भएका हुन भने गौतम र थापा नेपाली काँग्रेसको तर्फबाट मनोनित भएका हुन । अध्यक्षमा नियुत्ती भएका शेरचन नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हुन भने बोहारा अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष हुन । विज्ञ सदस्यमा नियुक्ति भएका गौतम नेपाली काँग्रेस बागलुङका निवर्तमान कोषाध्यक्ष हुन भने थापा काठेखोला गाउँपालिका ३ का निवर्तमान वडा अध्यक्ष हुन ।
बुधबार गौतम र थापाका नियुक्ती आए सँगै आयोगले पूर्णता पाएको हो । आयोगको जिल्ला समितिको पदेन सदस्यमा जिल्ला समन्वय अधिकारी, जिल्ला प्रशासन कार्यालयले तोकेको अधिकृत स्तरको प्रतिनिधि, मालपोत कार्यालय, , डिभिजन वन कार्यालय रहने छ भने सदस्य सचिवको रुपमा नापि कार्यालय प्रमुख रहने भूमि समस्या समाधान सम्बन्धी आयोग गठन आदेशमा उल्लेख गरिएको छ । आयोगमा अध्यक्ष विज्ञ सदस्य एक महिला सदस्य र एक खुल्ला सदस्य राजनितिक नियुक्ती हुने गर्दछ । समितिले भूमिहिन, दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्यालाई समाधान गर्ने काममा सक्रिय हुनेछ ।