स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको क्षमता अभिबृद्धि

  • साउन २८, २०८२

 बागलुङ-जिल्लाको जैमिनी नगरपालिका –६ मा रहेको अर्जेवा स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरुलाई क्षमता अभिबृद्धि तालिम संचालन गरिएको छ । स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारीता बनाउने उद्देश्यका साथ फेयरमेड फाउन्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन बागलुङले संचालन गरेको सम्बोधन परियोजनासँगको साझेदारी, जैमिनी नगरपालिका स्वास्थ्य शाखा र अर्जेवा स्वास्थ्य चौकीको समन्वयमा तालिम संचालन गरिएको हो । 
दुई दिन सम्म संचालन हुने तालिममा संस्था मार्फत प्रदान गरिने  आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, औजार, उपकरण औषधि र अन्य जिन्सी सामग्रीहरूको उचित व्यवस्थापन गर्न सकिने  र कसरी सेवा प्रदायक र सेवाग्राही मैत्री वातावरण सिर्जना सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । 
तालिमको उद्घाटन गर्दै जैमिनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द प्रसाद शर्माले स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका निम्ती व्यवस्थापन समितिले पनि सवै कुरा बुझ्नुपर्ने बताए ।  
सम्बोधन परियोजना मार्फत जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूमा व्यवस्थापन समितिका पदाधिकारीहरु तालिम प्रदान गर्दै आईएको छ । 
स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षता सम्पन्न तालिमको सहजीकरण नारायणस्थान स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक ऋषिराम शर्मा, परियोजनाका प्राविधिक तथा अनुगमन अधिकृत सुजन पौडेल र सामाजिक परिचालक जनिता श्रीसले  गरेका छन । 
 क्षमता अभिवृद्धि तालिममा व्यवस्थापन समितिका पदाधिकारीहरूलाई संस्थाको विकास र स्वास्थ्य सेवाको सुदृढिकरणमा समितिको आ –आफ्नो जिम्मेवारी र दायित्व साथै पद अनुसारको काम, कर्तव्य, अधिकार र आफ्नो भूमिका बारेमा जानकारी गराइएको थियो । 
तालिमलाई पूर्णरूपमा व्यवहारिक र सूचना तथा सञ्चार प्रविधि मैत्रीमा आधारित भएर सञ्चालन गरिएको      प्रशिक्षक शर्माले जानकारी दिए । तालिमको समापन कार्यक्रममा बोल्दै स्थानिय विद्यालयका शिक्षक बेमकुमारी थापाले यस प्रकारको तालिमले स्वास्थ्य संस्था, समाज र समग्र व्यवस्थापनको पक्ष र विकासका लागि कोसेढुङ्गा साबित हुने  धारणा व्यक्त गरिन कार्यक्रममा वडा अध्यक्ष एवं  व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर थापाले  वडाका आम नागरिकहरूको स्वास्थ्यका लागि स्रोत जुटाउने र लगानी गर्ने विषयमा आफू चुकेको धारणा व्यक्त गर्दै आगामी दिनमा स्वास्थ्य संस्था र जनताको स्वास्थ्य सेवालाई एउटा विकासको मुद्दा बनाउन लागि पर्ने प्रतिबद्धता गरे ।  स्वास्थ्य संस्था प्रमुख एवं जनस्वास्थ्य निरीक्षक अमन पुनको सञ्चालनमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य समितिका सदस्य एवं व्यापार संघका प्रतिनिधि धनराज शर्मा गरेका थिए । 

 
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय