काठमाडौं–सरकारले संविधान दिवसका अवसरमा सहकारी अभियान्ता चन्द्र प्रसाद ढकाललाई जनसेवा श्री पदक दिने निर्णय गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष ढकाललाई सहकारी क्षेत्रमा पु¥याएको योगदानको सम्मान गर्दै विभुषित गर्ने निर्णय गरेको हो । नेशनल कोअपरेटर्श एलाइन्स नेपालका महासचिव लामो समयदेखि सहकारी अभियानमा छन् । ढकाललाई सम्माननीय राष्ट्रपतिबाट जनसेवा श्री पदकबाट विभुषित गरिनेछ । संविधान दिवसको अवसरमा नौ सय भन्दा बढीलाई सरकारले विभिन्न पदवीले सम्मान गरेको छ