मगर विद्यार्थी संघ धौलागिरि क्याम्पसको अध्यक्षमा विशाल

  • चैत २१, २०८०

बागलुङ- नेपाल मगर विद्यार्थी संघ धौलागिरि इकाई क्याम्पस समिति अध्यक्ष विशाल थापा सिंजाली मगर चयन भएका छन् । मंगलबार भएको क्याम्पस समितिको २१ औं अधिवेसनले उनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ममता श्रीसमगर, सचिवमा विकल्प घर्तीमगर, सहसचिवमा एल्रिन थापामगर, कोषाध्यक्षमा झरना थापामगर चयन भएका छन् ।
 समितिको सदस्यहरुमा सृष्टि घर्तीमगर, सुवासबाबु घर्तीमगर, सुदिप घर्तीमगर, नविन्द्र गर्वुजा, मनिषा थापा, समीक्षा काउचा, करिना घर्ती, तारा घर्ती, सूचना नाईसा, बिहानी घर्ती, प्रकृति श्रीस, सुस्मा पुन, सन्दिप थापा, इशा थापा, रितु थापा रहेका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङका सहसचिव रेशम घर्तीमगर, सदस्य संगम घर्तीमगर र नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सचिव मनिष थापामगरको तीन सदस्यीय अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्व चयनका लागि भूमिका खेलेको थियो । 
यस अघि उद्घान शत्रको कार्यक्रममा बोल्ने बक्ताहरुले मगर विद्यार्थीले मगर समुदायको हक अधिकारको पक्षमा आवाज उठाउनुका साथै शैक्षिक र प्राज्ञिक विषयमा पनि आवाज उठाउनुपर्ने बताए । नेपाल मगर विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विष्णु आले मगरले मगर समुदायबाट माथिल्लो तहसम्म अध्ययन गर्ने विद्यार्थीको संख्या निकै न्यून भएको भन्दै नेपालमै अवसर खोज्ने विषयमा गम्भीर हुनुपर्ने बताए । उनले मगर विद्यार्थीले हक अधिकारको वकालत मात्रै नभई लोकसेवा मार्फत नेपालको कर्मचारीतन्त्र र राजनीति मार्फत नेपालको जनप्रतिनिधिमा पुगेर मगर समुदायले देश विकासमा योगदान पु¥याउनुपर्ने बताए । 
कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रा.डा. दिनबहादुर थापा, क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याय, नेपाल मगर संघ बागलुङका सहसचिव रेशम घर्तीमगर, नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सचिव मनिष थापामगर, नेपाल मगर संघ बागलुङका सदस्य संगम घर्तीमगर, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश उपाध्यक्ष सागर घर्तीमगर, नेपाल पत्रका महासंघ बागलुङका सचिव विजय रानामगर, नेपाल मगर विद्यार्थी संघ बागलुङका कार्यबाहक अध्यक्ष डम्मर बुढामगर, जनजाति युवा संघका जिल्ला उपाध्यक्ष किशोर थापा, स्ववियु कोषाध्यक्ष सृष्टि आचार्य, त्रिवि प्राध्यापक संघ धौलागिरि क्याम्पसका सभापति भक्तिराम न्यौपाने, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष विशेष पराजुली, अखिल क्रान्तिकारी विप्लवका सुधन विकले शुभकामना मन्तव्य राखेका थिए ।
 नेपाल मगर विद्यार्थी संघ धौलागिरि क्याम्पस समितिका अध्यक्ष कृष्ण अठारे मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मोतिप्रसाद पुनले गरेका थिए । उक्त अवसरमा लोक सेवा आयोग र शिक्षक सेवा आयोगमा नाम निकालेर स्थायी हुन सफल निशाना थापामगर, सुनिता रेश्मी मगर र मोतिप्रसाद पुन, खेलकुद क्षेत्रमा अग्रस्थान बनाउका ह्याण्डबलका गिता बुढाथोकीमगर, उसुकी झरना थापामगर र कबड्डीका रुपादेवी रोका मगरलाई सम्मान गरिएको थियो । 
 

प्रतिक्रिया