समाजवादको नारा राजनीतिक फेसन भयो : बर्षमान पुन

  • भदौ २२, २०८२

बागलुङ-- नेकपा माओबादी केन्द्रका उपमहासचिव बर्षमान पुनले समाजबादको नारा अहिले राजनीतिक फेसनको रुपमा रहेको बताए ।  नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बागलुङले आयोजना गरेको नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै पुनले राजनीतिक दलहरुले ल्याएको समाजवादको नारा राजनीतिक फेसनकै रुपमा रहेको बताएका छन । ‘समाजवाद भन्ने नारामा मात्रै सिमित भयो,’उनले भने,‘मुखमा समाजवाद काम चाँही पुँजीवादको दललाी गर्ने भएको छ । यसले गर्दा हामी सही गन्तव्यतर्फ जान सकेका छैनौं ।’ 
उनले विगतमा सबैभन्दा पुरानो दल काँग्रेसले ल्याएको समाजवादको नारा र अहिले नयाँ दलले ल्याएको समाजवादको नाराबीच कुनै भिन्नता नहरेको बताए । ‘काँग्रेसले भन्दै आएको समाजवाद र अहिले नयाँ हुम भन्नेले भन्ने गरेको समाजवादमा कुनै भिन्नता छैन,’उनले भने,‘समाजवादमा कसरी जाने भन्ने कार्यक्रम कार्यदिशा केही छैन ।’ पूनले समाजवादको नाममा झनै दलाल पुँजीपतिको विकास भएर दलाली काम भएको बताए । उनले नेपालका कम्युनिष्टपार्टीहरुले नयाँ समाजबाद ल्याउने अठोट गरेता पनि लक्ष्यमा पुग्न नसकेकोमा गुनासो पोखे । 
पुनले देशमा निर्वाचित तानाशाहीहरु हाबी भएको भन्दै देश समाजवादतर्फ उन्मुख भएता पनि यसले सफलता पाउन नसक्ने दाबी गरे । “देश निर्वाचित तानशाहीको कब्जामा छ, अहिलेका प्रधानमन्त्री केपी ओली पनि निर्वाचित तानशाही नै हो पुनले भने,–‘उहाँको जस्तो प्रवृत्तिले कसरी देशमा समाजबाद आउँछ, उहाँको एकाधिकारले नेपालको राजनीतिमा मात्र हैन देशकै अर्थतन्त्रमा समेत ठूलो असर पारेको छ, जो उहाँको विरुद्धमा बोल्यो उ सकिन्छ, यस्तो एकाधिकार प्रबृतीले मुलुकमा कसरी समाजबाद ल्याउन सकिन्छ ।’
पुनले नेकपा एमालेमा विद्या भण्डारीलाई आउन नदिनु केपी वलीको एकाधिकार र तानाशाही प्रबृति भएको दाबी गरे । उनले ओलीको प्रबृतिले भोली काँग्रेसमा पनि छुन सक्ने बताए । पुनले देशको राष्ट्रिय राजनिती केही व्यक्तिको मिलेमोतोमा मात्र चलेको बताएका छन ।  ‘हरेक क्षेत्र विचौलियाको भरमा चलेको छ, मन्त्रीदेखि प्रधानमन्त्री बनाउने शक्ति समेत विचौलियाले राख्छन, यसरी देशमा कसरी समृद्धि छाउला र पुनले भने ।’ उनले अहिलेको सरकार दलाल र पूँजीबादी मिलेर बनाएको सकार भएका कारण यहाँबाट जनताले केही आशा गर्न नसक्ने बताए । 
पूर्व अर्थमन्त्री समेत रहेका पूनले देशमा समाजबाद ल्याउनका निम्ती दलिय प्रतिस्पर्धा आवश्यक रहेको भन्दै नेकपा माओबादीले  स्वच्छ ढंगले प्रतिस्पर्धा सहित जनता माझ जान तयार रहेको बताए । उनले मुलुकको विकासका निम्ती अर्थतन्त्रको तिनखम्बे निति अबलम्बन गर्न जरुरी रहेको बताए । “्प्रतिस्पर्धी बजार प्रतिस्पर्धी राजनिति छ, देशको अर्थतन्त्रलाई फाईदा हुने पक्षमा सवै राजनितिक दल एकै ठाउँमा रहेर जोडिनुपर्छ पुनले भने,–‘तर देशमा राजनितिक स्थिरता नहुँदा र विचौलियाको हाबी हुँदा धेरै कठिनाई भएका छन । नितिगत रुपमा नै विचौलियाको हाबी हुने वातावरणको अन्त्य गर्न जरुरी रहेको छ ।’ 
उनले वर्तमान समयमा सामाजिक न्यायिक सहितको आर्थिक विकास गर्नुपर्ने कुरामा जोड दिए  । समाजबादी हौ भन्नेले पनि आफुलाई विकास गर्नपर्ने पुनको भनाई थियो । उनले देशमा सामाजिक र आर्थिक विकास र पूँजी निर्माणका निम्ती नेकपा माओवादीको नेतृत्वको सरकार मार्फत मात्र सम्भव रहेको बताए । ‘देशमा सुशासन कायम गर्न होस वा आर्थिक समृद्धिका लागि नेकपा माओबादीको नेतृत्व चाहिन्छ, पुनले भने,–‘देश अगाडी जानका लागि आर्थिक समृद्धि आवश्यक छ, त्यसका लागि सवै एक भएर जुट्न जरुरी हरेको छ, समाज रुपान्तरणका भावना सहित काम गरियो भने सम्भव पनि छ ।’ पुनले नेकपा माओबादी वैकल्पिक शक्ति र मध्ययम वर्गको प्रतिनिधिको रुपमा रहेको बताए । 
उनले नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले प्रस्तुत गरेको कार्यपत्र माथी चर्चा गर्दै नेपाल नयाँ सामान्तवादबाट पुँजीवादमा आएको बताए । कार्यक्रममा नेपाल उद्योग व्यापार महासघ खिमलाल भण्डारीले नेपालको अर्थतन्त्रको विकासका निम्ती राजनितिक स्थायित्व हुन जरुरी रहेको बताए । उनले उद्योगी व्यवसायीलाई सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए । कार्यक्रम उपाध्यक्ष प्रकाश पौडेलको स्वागत, महासचिव गोकुल प्रसाद कंडेलको सञ्चालन र कोषाध्यक्ष मनकाजी विश्वकर्माको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो । 
 

 

प्रतिक्रिया