बागलुङ - बागलुङको पश्चिम ढोरपाटन नगरपालिकामा पिक अप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन । ढोरपाटन सालझण्डी सडक खण्ड अन्तरगत ढोरपाटन नगरपालिका– ५ बतासेडाँडा भन्ने स्थानमा लु.प्र. ०१–००१ च १७७५ नं. को जिप साँझ सवा ५ बजेको समयमा दुर्घटना भएको हो । बुर्तिबाङ बजार देखी सहिखोला तर्फ जाँदै गरेको जिप सडक देखी अन्दाजी ५०÷६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरिक्षक केशव थापाले जानकारी दिए । जिपमा जम्मा चालक सहित १६ जना सवार रहेको बताईएको छ । घाईते मध्ये २ जनाको अवस्था सिरियस र ९ जनाको अवस्था मध्यम साथै १ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु हुने ढोरपाटन नगरपालिका वडा नं. २ का ७० बार्षिय नरबहादुर कार्की सोही स्थानका ७५ बार्षिया भिमकुमार बुढा रहेको प्रनानी थापाले जानकारी दिए ।
दुर्घटनामा परि घाईते हुनेको पनि सनाखत भएको । घाईते हुनेमा ढोरपाटन नगरपालिका २ का गोविन्द थापा, सोही स्थानका लुम्बिनी महत, इन्द्रा कुँवर निरमया खत्री, देवी परियार, दुर्गी दर्जी अञ्जु परियार , विनय बुढा, मनकुमारी थापा, बियानो बुढा मगर, टिकाकुमारी कुँवर, ढोरपाटन नगरपालिका ५ का डल्ली विक सोही ठाउँका टनमाया कुँवर र वडा नं. १ का शिरिर कार्की रहेको प्रहरीले जनाएको छ । घाईते मध्ये ५ जनालाई थप उपचारका लागि पाल्पाको मिसन अस्पतालमा रेफर गरिएको भने ८ जनालाई मनिपाल शिक्षण अस्पताल पोखरा पठाईएको प्रहरीले जनाएको छ । जिपमा सवार १ जनालाई भने बुर्तिबाङ अस्पतालमा नै उपचार गराई रहेको छ । दुर्घटना के कारणले भएको भन्ने खुल्न सकेको छैन । यसको बारेमा थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।