बागलुङ जिल्लामा स्थानीय प्रशासनले लगाउदै आएको निषेधाज्ञा हटाएपछि बैंक तथा बित्तिय संस्थामा सेवा ग्रहीको चाप बढेर गएको छ ।नेपालीहरूको महान चाड बिजया दशमी लाईलक्षित गरेर नेपाल बैक लिमिटेड बागलुङले सर्वसाधारण लाई नयाँ नोट बितरण गरेपछि नयाँ नोट साट्नेको भिड बढेर गएको छ ।
कोरोनाको जोखिम कायमै भएको भन्दै बैकमा आउने सेवाग्राही ले अनिवार्य रूपमा मास्क लगाइ लाइनम बसेर नयाँ नोट साटिरहेका छन् ।
दशै लाई लक्षित गरि राष्ट्र बैक संग नयाँ नोट माग गरि पठाए पछि एकजना ब्यक्ति लाई १८ हजार ५ सय दिएको नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धक अमृत शिवाले बताए ।
बैंकले लाइनमा बस्ने सर्वसाधारण लाई रू एक सय पचाँस ,बीस ,दस र पाँचको पाँच नयाँ नोट १८ हजार पाँचसयको पचासको दुई हज दरले सटही गरेको प्रवन्धक शिवाले बताए ।
बुधबार मात्रै बागलुङ सदरमुकाममा सर्वसाधारण लाई २ करोड रूपैयाँ बितरण गर्ने कार्यक्रम रहेको नेपाल बैंकले जनाएको छ । बागलुङ सदरमुकाममा नेपाल बैंकले शुक्रबार र आइतबार दुई मात्रै नयाँ नोट साट्ने ब्यबस्था मिलाएको बैंकले जनाएको छ ।
बागलुङ शाखाबाट गलकोट ,बुर्तिवाङ ,र म्याग्दी शाखालाई समेत नयाँ नोट पठाएको कारणले यो बर्ष कममात्र बितरण गरिएको नेपाल बैंकले जनाएको छ ।गत बर्ष नेपाल बैंक लिमिटेडले दशैको अबधिमा नयाँ नोेट बितरण गरेको थिएन ।
बागलुङ सदरमुकाममा दुई दर्जनभन्दा बढी निजी क्षेत्रका बैंकहरू भए पनि दशैमा कुनै पनि बैंक तथा बित्तिय संस्थाले नयाँ नोट बितरण गर्ने गरेको छैन ।