प्रेस युनियन बागलुङद्धारा ७ पत्रकार पुरस्कृत

  • असार ९, २०८०

बागलुङ । नेपाल प्रेस युनियन बागलुङले प्रदान गरेको  दुई विधाका पत्रकारिता पुरस्कारबाट बागलुङमा क्रियाशिल ७ पत्रकार पुरस्कृत भएका छन । युनियनको २३ औं साधारण तथा आठौं अधिवेशन कार्यक्रममा पत्रकारलाई नगद सहित पुरस्कृत गरिएको छ । युनियनमा स्थापना भएका नारायण मानकुमारी पत्रकारिता पुरस्कारबाट पाँच जना पत्रकार र तारादेवि चुर्णमानसिंह पत्रकारिता पुरस्कारबाट दुई पत्रकार पुरस्कृत गरिएको थियो । नारायण मानकुमारी पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकमा कार्यरत पत्रकार संगम घर्तीमगर, नयाँपत्रिका दैनिकमा कार्यरत पत्रकार नारायण रिजाल, माउटेण्ड टेलिभिजनमा कार्यरत पत्रकार सुवास आचार्य, पत्रकार शर्मिला बस्नेत र छविलाल पाण्डे पुरस्कृत भएका थिए । त्यसैगरी तारादेवि चुर्णमानसिंह पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार प्रदिप पन्त र राससमा कार्यरत पत्रकार डम्मर बुढा मगर पुरस्कृत भएको पुरस्कार छनौट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कंडेलले जानकारी दिए । पुरस्कार २०७५ सालदेखि २०८० साल सम्म वर्षमा एक जनालाई रु. १० हजारका दरले पुरस्कार एकमुष्ट प्रदान गरिएको हो ।
 

प्रतिक्रिया