काँग्रेसलाई बलियो राजनिति शक्तिको रुपमा विकास गरौं—सह-महामन्त्री उपाध्याय

  • कार्तिक १४, २०८०

बागलुङ‍- नेपाली कांग्रेसका केन्द्रीय सह—महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले नेपाली कांग्रेस पार्टीलाई जनताप्रति जवाफदेहि र बलियो राजनैतिक शक्तिको रुपमा विकास गर्न सम्पूर्ण कांग्रेसका सदस्यहरुले एकआपसमा एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताएकी छिन् । नेपाली कांग्रेस बागलुङ जिल्ला क्षेत्र नम्वर २ प्रदेश क का प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले देश विकास र संविधानको रक्षाका लागि लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेस सधैँ बलियो बन्नुपर्ने बताईन् । त्यस्तै उपाध्यायले सम्पुर्ण अधिकारहरु संघियता अनुरुप स्थानिय तहमै रहेकोले विकासको लागि जनप्रतिनिधीहरु खटिनुपर्नेमा समेत जोड दिईन् । 
कार्यक्रममा नेपाली कांग्रेसका बागलुङ जिल्ला सभापती तथा प्रदेश सांसद जित शेरचन, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा प्रदेश सांसद दोर्ण कुँवर, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा प्रदेश सांसद दिलमाया पौवी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा संविधान सभा सदस्य नर बहादुर पुन (निरज), नेपाली कांग्रेसका बागलुङ जिल्ला सचिव तथा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, नेपाली कांग्रेसका बागलुङ जिल्ला सह सचिव तथा गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्री, नेपाली कांग्रेस बागलुङ जिल्ला क्षेत्र नम्वर १ का सभापती चण्डी प्रसाद पौडेल, नेपाली कांग्रेस बागलुङ जिल्ला क्षेत्र नम्वर २ का सभापती तथा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
कार्यक्रममा नेपाली कांग्रेस बागलुङ जिल्ला क्षेत्र नम्वर २ प्रदेश क का सभापती तिलक घर्तीले राजनितीक प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त राजनीतीक प्रस्तावमाथी सम्मेलनमा उपस्थित क्षेत्रीय प्रतिनिधीहरुले टिप्पणी तथा आफ्ना विचारहरु प्रस्तुत गरेका थिए । सम्मेलनमा उठेका सुझाव सहित उक्त राजनितीक प्रस्तावलाई पुर्णता दिएर जिल्ला, प्रदेश तथा केन्द्रमा पठाउने निर्णय गरिएको थियो । कार्यक्रम नेपाली कांग्रेस बागलुङ जिल्ला क्षेत्र नम्वर २ प्रदेश क का सभापती तिलक घर्तीको अध्यक्षता, नेपाली कांग्रेस बागलुङ जिल्ला क्षेत्र नम्वर २ प्रदेश क का सदस्य घनश्याम गौतमको स्वागत र नेपाली कांग्रेस बागलुङ जिल्ला क्षेत्र नम्वर २ प्रदेश क का सदस्य हरी प्रसाद चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।
 

प्रतिक्रिया