बागलुङ –– बागलुङ नगरपालिका वडा नं. १२ वडा कार्यालय तोडफोड भएको छ । मंगलबार विहान जेनजीका आन्दोलनकारी युवाहरुले अमलाचौरस्थित वडा कार्यालय तोडफोड गरेको छ । वडा कार्यालयमा रहेका प्रधानमन्त्री केपी ओली पिपी कोइराला, वडाका पुर्व वडा अध्यक्षहरुका फोटा फाल्नुका साथै टेबुल कुर्ची समेत तोडफोड गरेको स्थानियले बताए ।
यस संम्बन्धमा वडा अध्यक्ष कोपिलामणी शर्मासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । वडा कार्यालयले फेसबुक मार्फत सूचना जारी गर्दै सेवा अवरुद्ध भएको जानकारी गराएको छ । जेनजीहरुले वडा अध्यक्ष सहित वडा सदस्यहरुको राजिनामाको समेत माग गरेका छन । साथै उनिहरुले कार्यालयमा ताला समेत लगाएका छन ।