रास्वपाले जुन विषय उठाएर संसद अवरुद्ध गरेको छ त्यस विषयमा कुनै आधार छैन- काँग्रेस प्रवत्ता महत

  • असार ३, २०८२

बागलुङ - नेपाली काँग्रेसका प्रवत्ता प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा उठाएको विषयमा कुनै आधार नभएको बताएका छन । नेपाल प्रेस युनियन बागलुङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले रास्वपाले जुन विषय उठाएर अहिले संसद अवरुद्ध गरेको छ त्यस विषयमा कुनै आधार नभएको बताएका हुन । 

महतले संसदमा उठेका विषयलाई प्रतिपक्ष र सत्तापक्षले साझा ढंगले छलफल गरी निचोड निकाल्नुपर्ने बताए । उनले संसदमा कुनै पनि दलको एकल बहुमत नपुग्ने हुँदा गठबन्धन आवश्यक रहेको बताए । ‘गठबन्धनलाई सफल बनाउनका एक अर्काको दृष्ट्रिकोणलाई स्विकार गर्ने मानसिकता बनाउन आवश्यक छ । अहिले काँग्रेस एमालेको दृष्ट्रिकोण मिलेको छ महतले भने,–‘ दृष्ट्रिकोण समान भएका कारण सरकार पनि सहज ढंगले संचालन भएको छ, अहिलेको सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने आवश्यक रहेको छ । 
पूर्व अर्थमन्त्री तथा पराराष्ट्र मन्त्री समेत रहेका महतले  देशको साधन श्रोतलाई सहि सदुपयोग गर्ने र प्राथमिकताका आधारमा खर्च गर्नेकै लागि सरकारले लय प्रकट गर्न जरुरी रहेको बताए । ‘अहिले बजेट आएको छ । अझै बोल्ड आउनुपथ्यो भन्ने छ, मेरो आसय हो, महतले भने,–‘ बजेटमा प्राथमिकिकरण गरेर योजना बनाउँदा अझै प्रभावकारी बताउन सकिन्छ अर्को भनेको आर्थिक अनुसासनको अत्यन्त ठुलो खाँचो छ । यसलाई पनि आत्मसाथ गरौं ।’
उनल देशको आर्थिक रुपान्तरण सम्भव भएको  बताए ।  ‘युवाहरु अहिले आईटीमा आर्कषण भएका छन । यस क्षेत्रमा लागेर विदेशमा सफ्ट्वर निर्यात गरेर ठुलो आम्दानी देशमा भित्राएका छन, कृषि, पर्यटन, जलविद्युतको सम्भावना छ । यसलै पर्यटन सँगै आर्थिक क्षेत्रको विकासमा पनि मद्धत पु¥याएको छ । 
महतले राजनितिक नेतृत्वले खाली राजनितिक लोकप्रियतामा भन्दा पनि दिर्घकालिन आर्थिक समृद्धिको बाटोमा लाग्नुपर्ने बताए । उनले काँग्रेस सवैभन्दा पुरानो र लोकप्रिय पार्टी भएको र े पछिल्लो समयमा व्यक्तिमा हाबी भएको हुँदा सिमा भन्दा बाहिर गएको बताए ।  अब एक जुट हुनुपर्ने उनको भनाई छ । 
उनले धौलागिरी र गण्डकी क्षेत्र पर्यटन र कृषिमा संभावना भएको ठाउँ रहेको बताए । 

प्रतिक्रिया