‘संविधानको रक्षक नै जनता हुन’

  • असोज ३, २०८२

बागलुङ- २०७२ असोज ३ गते जारी गरिएको संविधानकोे दश वर्ष पुगेको छ । यो अवसरमा देशको संविधान नै संकटमा पर्ने हो की भन्ने धेरैलाई चिन्ता पनि छ । शुक्रबार १०औँ संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीले पछिल्ला आन्दोलनले वर्तमान संविधान कतै संकटमा त पर्ने हैन भन्ने चिन्ता व्यक्त गरेका छन । संविधान दिवसको अबसरमा शुक्रबार प्रभातफेरी सहित शहिद पार्कमा पुगेर शहिदको शालिकामा माल्यार्पण गरेर दिवस मनाईयो कार्यक्रममा बागलुङका राजनीतिक दल, संविधानसभा सदस्य, सांसद, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकाय सहित सरोकारवालाको सहभागिता थियो । सहभागीले संविधानको प्रमुख रक्षक नै जनता भएको भएको बताए । उनिहरुले संविधान बनेको १० वर्षमा पुन जेन–जी आन्दोलन पश्चात भएको परिवर्तनमा कतै संकटमा त पर्ने हैन यसमा चिन्ता व्यक्त गरेका थिए । 
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य एव गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले अहिलेको संविधान जनताको सार्वभौमसत्तामा निहित संविधान भएको हुँदा यसको रक्षा पनि जनताबाट नै हुने बताईन । उनले संविधानको रक्षा अहिलेको प्रमुख आवश्यकता भएको बताईन । यो संविधानले हरेक वर्गलाई समेटने हुँदा अहिलेका युवाहरुका मागलाई पनि समेटेर अगाडी बढ्नुपर्ने बताई । 
 खड्काले संविधानले समावेशीता ल्याएको भन्दै महिला, दलित, जनजाति समेतले अधिकार पाउन थालेको बताईन।  कार्यक्रममा संविधानसभा सदस्य नरबहादुर थापाले संविधानले औलाएका हकलाई कार्यान्वयन गर्दै लैजानुपर्नेमा जोड दिए । उनले यो संविधान जनताका प्रतिनिधिले निर्माण गरेको संविधान हुँदा कसैले पनि यसमा औँला उठाउन नहुने बताए । 
बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जनताको जनजिविकासंग संविधान जोडिएको बताए । उनले संविधानलाई युवाको हक र कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताए । 
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अहिलेको संविधान उत्कृष्ट संविधान रहेको र नागरिकको अधिकार र कर्तव्यलाई छुट्टाएर व्याख्या गरिएको बताए । 
जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।
क्रममा केही फेरी केही संसोधनका कुरा आएको हुँदा य
 बागलुङ नगरपालिका–२ ट्राफिका चोकबाट शुरु भएको प्रभातफेरी बागलुङ नगरपालिका–१ रामरेखा स्थित शहिद पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । संविधान दिवसको अवसरमा साँझ नेपाल पत्रकार महासंघ बागलुङले पनी आफ्नो कार्यालय आगाडी दिपावली गरेको छ । त्यसैगरी बागलुङ नगरपालिकाको आयोजनामा ऐतिहासिक पार्कमा साँझ दिपावली गरिएको हो । दिवसकै अस्पतालका विरामीलाई फलफुल वितरण गर्ने, मानवसेवा आश्रममा खाद्यान्न वितरण लगायतका कार्यक्रम संचालन गरिएको थियो । 

प्रतिक्रिया