बागलुङ– नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले अब गठबन्धनको नाममा कसैको बैसाखी नटेक्ने बताएका छन । नेपाली कााँग्रेस बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) को क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै शर्माले २०८४ सालको निर्वाचनमा काँग्रेस एक्लै चुनावमा होमिने बताएका छन । उनले गठबन्धनको नाममा काँग्रेसको संगठन झनै कमजोर भएका कारण अब आउने निर्वाचनमा काँग्रेस एक्लै लड्ने गरी संगठन सुदृढिकरणमा लाग्ने बताए ।
उनले काँग्रेस युवा देखी पाका पुस्ताको भरोसाको पार्टीको रुपमा विकास गर्न सवै तहमा संगठन निर्माणमा जुट्ने बताए । ‘गएका निर्वाचनमा गठबन्धन गर्दा धेरै नेता तथा कार्यकर्ता विच्किएका छन, हामीले निर्वाचन जिन्न सक्ने ठाउँमा पनि गठबन्धकै कारण पछि हट्नुपर्ने बाध्यता भएको छ । सभापति शर्माले भने,–‘यो परिस्थिति अबको निर्वाचनमा आउन दिँदैनौं, काँग्रेस पार्टी जनताको काम गर्ने पार्टी हो, हामी जनताको माझ जान कसैसँग गठबन्धन गर्न जरुरी रहेको छैन । उनले देशको बारेमा चिन्ता गर्ने पार्टी नै नेपाली काँग्रेस भएको दाबी गरे । उनले राजनितिक परिवर्तमा निर्णायक भुमिका र नेतृत्व लिएको नेपाली काँग्रेस अझै सशक्त ढंगले आफ्नो संगठनलाई गतिशिल बनाउने बताए । उनले सरकारमा काँग्रेस पनि सहभागी रहेको र सरकारका कामबाही प्रति नेतृत्वले पनि चासो दिनुपर्ने बताए । ‘माओबादी नेता प्रचण्डको नेतृत्वमा काँग्रेस पनि सरकारमा गएको छ, सरकारबाट भएका कार्यसम्पादनको मुल्याङ्कन पार्टी नेतृत्वले गर्नुपर्ने छ शर्माले भने,–‘जनताको चाहना अनुसारका योजना ल्याउँ, प्राथमिकताका आधारमा काम गरौं ।
शर्माले काँग्रेस पार्टी भित्र रुपान्तरणको जरुरी रहेको बताए । उनले गुट उपगुट भन्दा बाहिर गएर आम जनताको माझ संगठन निर्माणमा जुटनुपर्ने बताए ।
कार्यक्रममा क्षेत्र नं. १ प्रदेश सभा (ख) का सभापति दलबहादुर श्रीष रानाले राजनितिक प्रतिवेदन, सचिव बालकृष्ण शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रेम सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सम्मेलनले तिन वटै प्रतिवेदन सर्वसम्मत पास गरेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पुर्व सभापति हरिप्रसाद श्रेष्ठ, गण्डकी प्रदेश सभा सदस्य एवं काँग्रेस महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदी, नेपाली काँगेस बागलुङका पुर्व उपसभापति एवं महाधिवेशन प्रतिनिधि जगदिशचन्द उपाध्याय, काँग्रेस गण्डकी प्रदेशका सदस्य इन्द्रराज पौडेल, कल्पना हमाल पाठक, पार्वती आचार्य, नेपाली काँग्रेस बागलुङमा सचिव एवं जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बागलुङ नगरपालिकाका उपसभापति नारायण पौडेल, काँग्रेस जैमिनी नगरपालिकाका सभापति प्रेम प्रसाद सापकोटा, बरेङ गाउँपालिकाका सभापति तुलसीराम कंडेल, प्रजातन्त्रबादी प्रध्यापक केन्द्रीय उपाध्यक्ष डा. कमलप्रसाद सापकोटा, नेविसंघ विशेष पराजुली बागलुङ लगायतले पार्टीको संगठन अब नयाँ शैलीले संचाालन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रम क्षेत्रीय सभापति दलबहादुर श्रीष रानाको अध्यक्षता, प्रदेश सभा क्षेत्रीय सदस्य मोतिराम गौतमको स्वागत र सचिव बालकृष्ण शर्माको संचालनमा सम्पन्न भएको थियो ।