बागलुुङ, - बागलुङ नगरपालिकाले ‘हिस्टोरिकल सिटी’ अर्थात ऐतिहासिक शहरहरुको सदस्यता प्राप्त गरेको छ । स्लोभानियाको राजधानी लुब्जानामा भएको ऐतिहासिक शहरहरुको १९ औ विश्व सम्मेलनमा नेपालको तर्फबाट सहभागीता जनाउँदै नगरपालिकाले उक्त सदस्यता प्राप्त गरेको हो ।
४० राष्ट्रका १४१ नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा सम्पन्न भएको विश्व सम्मेलनमा बागलुङ नगरपालिकाको तर्फबाट नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सदस्यता ग्रहण गरेका छन । सम्मेलनमा नगरप्रमुख श्रेष्ठ सहित प्रमुख प्रशाकिय अधिकृत हरिदत्त कंडेल र र विपद व्यवस्थापन संयोजक दिनेश जिसी सहभागी रहेका थिए ।
सम्मेलन मार्फत बागलुङ नगरपालिकाले नेपालकै पहिलो नगरपालिकाको तर्फबाट सदस्यता प्राप्त गरेको छ । सम्मेलनले बागलुुङ नेपालको ऐतिहासिक शहरको परिचित गराएको नगरप्रमुख बन्त कुमार श्रेष्ठले जानकारी दिए ।
नोभेम्बर १२ देखि १४ सम्म स्लोभानियाको राजधानीमा लुब्जानामा सम्पन्न सम्मेलनमा नगरप्रमुख श्रेष्ठले ऐतिहासिक शहरहरुलाई विश्वभर चिनाउदै दीगो विकासका लागि अनुभव आदान प्रदान गर्न अवसर प्राप्त भएको बताए । उनले बागलुङ बजार जस्तो ऐतिहासिक शहरको बिषयमा विश्वभरका स्थानीय तहका प्रतिनिधिलाई जानकारी गराउन पाउदा खुसी व्यक्त गरे । । नगरप्रमुखले सम्मेलनमा शहरको संरक्षण र विकासमा अन्तराष्ट्रिय संस्थासंग मिलेर काम गर्ने बताए ।
आर्थिक रुपमा कमजोर अर्थतन्त्र भएका शहरहरुको विकास र उन्नयनका लागि अन्तराष्ट्रिय संस्थाहरुको सहयोगमा संगै अघि बढ्नुपर्ने बताए । उनले बागलुङ नगरपालिका जस्तो ऐतिहासिक शहरहरुको प्रचार प्रसारका लागि नेपालबाट उक्त संस्थाको पहिलो सदस्यता भएको भन्दै नगरपालिकाको विश्वभर छुट्टै पहिचाहन भएको बताए । बागलुुङ नगरपालिका यस अगाडी पनि युनाइटेड सिटी अफ लोकल गभर्मेन्ट एसिया प्रशान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको सदस्य भएको छ । चीनको जोजजोईमा भएको काउन्सिल एक्जिक्युटिभ बैठकबाट बागलुङ नगरपालिकाले सदस्यता प्राप्त गरेको हो ।