बागलुङ- नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले निती र विधिमा स्थायित्व भएमा मात्रै देश समृद्ध हुने बताएका छन । नेकपा एमाले बागलुङ जिल्लाले आयोजना गरेको विधान महाधिवेशन सुझाव संकलन कार्यक्रममा बोल्दै नेता गुरुङले माक्सवाद र लेलिनवादमा जस्तै नीति र विधिमा स्थायीत्व भएमा मात्रै देश समृद्ध हुँने बताएका हुन ।
उनले छिटो–छिटो फेरिने संविधान र नेतृत्वले देशलाई सहित ढंगले अघि लान नसकेको बताए । “नीतिमा स्थायित्य र विधिमा स्थायित्व भएमा नेतृत्वमा स्थायित्व हुन्छ, नेतृत्वमा स्थायित्व भएमा राजनीतिक स्थायित्व हुन्छ र राजनैतिक स्थायीत्व भएमा देश समृद्ध बन्छ” गुरुङले भने“त्यसैले नीति र विधि छिटो–छिटो परिवर्तत गरिरहने र शंसोधन गरिरहने विषय राम्रो होइन ।”
उनको राजनीतिक स्थायीत्व बिना मुलकुले स्थायीत्व प्राप्त गर्न सक्दैन र देश अघि बढ्दैन भन्दै तर्क रहेको थियो । गुरुङले नेपालमा राजनैतिक अस्थिरताका कारण विकास कमजोर भएकाले नेतृत्व स्थायीत्व गराउनका लागि जनता जागरुक हुन आवश्यक रहेको बताए ।
उनले व्यवस्थापिका संसदको काम कानुन बनाउने भएपनि राजनीतिक संस्कार बिग्रेर बाटोघाटो केन्द्रित भएको बताउदै सचेत व्यक्तिले कानून निर्माणमा सुझाव दिन आवश्यक रहेको बताए ।
विधान महाधिवेशमा धेरै छेडछाड नहुँने बताउदै स्थायित्वका लागि मात्रै विधान महाधिवेशन केन्द्रित रहने उनले बताए । अमेरिका र भारतको जस्तो स्थायी संविधान बनाउन सकेमा मात्रै देशले फड्को मार्ने बताए । लहै–लहैको आधारमा संविधान र विधिको विषयमा प्रश्न गर्न नहुने भन्दै गम्भिर अध्ययन र त्यसका प्रभावका विषयमा अध्ययन गरेर मात्रै बोल्नुपर्नेमा उनले जोड दिए ।
एमालेको नेतृत्वमा दुई कार्यकाल र ७० वर्षे शर्तलाई संसोधन गरेर प्राकृतिक छनौटको आधारमा नेतृत्व चयन गनुपर्नेमा विधान महाधिवेशन केन्द्रित रहने गुरुङले बताए । उनले उमेरका हिसाबले नेतृत्व छनोट गर्ने कुरा नमिल्ने बताउदै एमालेले उमेर हदलाई फेर्नेमा जोड दिने बताए । कार्यक्रममा जिल्लामा नेता तथा कार्यकर्ताले विधान महाधिवेशनकाका लागि विभिन्न सुझावहरु प्रदान गरेका छन ।