बागलुङ - धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा डा. किरण तिवारी नियुक्ती भएका छन। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशले तिवारीलाई प्रमुख प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त गरिएको हो ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद पोखराको पत्र संख्या ०८१/०८२ चलानी नम्बर ३७३ मिति २०८१/०७/१३ गतेको पत्र वमोजिम प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन डा किरण तिवारीलाई यस अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी प्राप्त भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए ।,
पौडेलले डा. तिवारीलाई एक कार्यक्रमका बीच पदभाहर ग्रहण गराएका हुन । पदभार ग्रहणपछि अध्यक्ष पौडेलले अस्पतालले तिवारीको नेतृत्वमा थप प्रगति गर्ने बताए । कार्यक्रम निमित्त प्रमुख मेसु डा प्रभातसिंह राजपुतको अध्यक्षता, डा अमित ढुङ्गानाकोे स्वागत मन्तव्य तथा मेडिकल रेकर्डर नवराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
पदभार ग्रहणपछि बोल्दै डा तिवारीले अस्पतालमा म नभई हाम्रो भएर काम गर्ने बताए । विगत २० महिनादेखि धौलागिरि अस्पतालमा कार्यरत डा. तिवारीले मातृ शिशु अस्पताल, पोखराबाट सरकारी सेवा प्रारम्भ गरेका थिए ।
डा। तिवारीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पताल महाराजगञ्जबाट एमबिबिएस र एमडीको पढाई पुरा गरेका हुन । यसअघि अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा डा। रवि रञ्जन प्रधान थिए । हाल उनको गण्डकी प्रदेशले अयन्त्र सरुवा गरेको छ ।