बागलुङ समाज पोर्चुगलको अध्यक्षमा दिनेश खड्का

  • साउन २, २०८१

केपि शर्मा- पोर्चुगल । बागलुङ समाज पोर्चुगल अध्यक्षमा दिनेश खड्का सर्वसम्मत निर्वाचित भएका छन । पोर्चुलको राजधानी लिम्बनमा सोमबार सम्पन्न तेस्रो अधिवेशन तथा सांस्कृतिक कार्यक्रमबाट खड्कको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । 

समाजको बरिष्ठ उपाध्यक्षमा बिष्णु भण्डारी  उपाध्यक्षमा भुमिश्वर साप्कोटा,जय बहादुर केसी,महेन्द्र जिसि, सुबास क्षेत्री र विनु भण्डारी रहेकाे अध्यक्ष खड्काले जानकारी दिए । समाजको महासचिवमा कृष्ण केसी चयन भएका छन भने सचिवमा केपि शर्मा,जयलाल सुवेदी मिना गुरुङ र सुवेश शर्मा रहेका छन । समाजको सहसचिवमा सुर्य बोहरा र नवीन चोखाल चयन भएका छन । समाजको कोषाध्यक्षमा राम बहादुर थापा र सह कोषाध्यक्षमा शारदा रसाइली चयन गरिएको निर्बाचन समितिले जनाएको छ ।

समाजको नयाँ कार्यसमितिको सदस्यहरुमा खड्का बहादुर साहनी, अनमोल केसि, बिकास सुवेदी, चन्द्रमणी न्यौपाने, केदारनाथ सुवेदी, बिमल कार्की, सुनिल बिक मुना सापकोटा आचार्य, मन बहादुर कार्की, देबु थापा, बाबुराम घिमिरे, मनोज सिन्जाली , राजकुमार बस्याल, एलिसा सापकोटा र सरस्वती खत्री क्षत्री छन । 

बागलुङ जिल्लामा जन्मिएर हाल पोर्चुगलमा कर्मथलो बनाउदै आएका बाग्लुङेहरु संगै करिब ७ सय प्रबासी नेपाली समुदायको उपस्थिती रहेको कार्यक्रममा बहुचर्चित लोकगाएक तथा सर्जक बिष्णु खत्रीले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा जेष्ठ नागरिक सम्मान तथा पन्चेबाजा प्रस्तुत गरिएको थियो । अधिवेशनको उद्घाटन गर्दै गैर आवसिय पोर्चुगलका संस्थापक अध्यक्ष पुर्णबहादुर हमालले बाध्यता र विवशताले जन्मठाउँ छोड्नुपर्ने भएता पनि कर्मठाउँमा सवै एक हुन आवश्यक रहेको बताए । उनले गैरआवसिय नेपालीहरु एक भएमा जुन राष्टमा पनि सजिलै काम गर्न सकिने बताए । कार्यक्रम निवर्तमान अध्यक्ष केशब केसीको अध्यक्षता, रिष्ठ उपाध्यक्ष छवि पौडेलको स्वागत र महासचिव रमेश बुढाथोकीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया