गण्डकीको निति तथा कार्यक्रम सार्वजनिक (पुर्ण पाठ सहित)

  • जेठ २१, २०८२

दश भन्दा बढी सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सिफारिस गर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२। ०८३ लागि नीति तथा कार्यक्रम बुधबार संसद्‌मा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले गण्डकी प्रदेश क्षेत्रका १० भन्दा बढी सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सिफारिस गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेका सम्पदाहरूलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने बताए । यी सम्पदाहरूमा गोरखा दरबार, मनकामना मन्दिर, लिगलिगकोट दरबार, क्होंलासोथर, लमजुङ दरबार, विन्ध्यवासिनी मन्दिर छन् । यस्तै, लोमान्थाङ दरबार, मुक्तिनाथ मन्दिर, बागलुङ कालिका, पुर्कोट कालिका लगायतका सम्पदालाई पनि सूचीकृत गर्नका लागि आवश्यक पहल गर्ने बताईएको छ ।

प्रदेश सरकारले देशव्यापी आलोचना र समर्थन बटुलेको ‘राइड सेयरिङ’लाई थप प्रवर्द्धन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम मार्फत सरकारले यातायात व्यवस्थापनलाई आधुनिक बनाउने घोषणा गरेको हो । नीति तथा कार्यक्रममा राइड सेयरिङलाई प्रभावकारी नियमन र व्यवस्थापन गर्ने उल्लेख छ । मङ्गलवार मात्रै सङ्घ सरकारको दबाबमा नियमावली कार्यान्वयन १ महिनालाई थाँती राखेको सरकारले आगामी आर्थिक वर्षमा अझै व्यवस्थित गर्ने जनाएको हो । यसले सङ्घकै आदेशलाई चुनौती थपेको छ भने केही समयलाई मत्थर देखिएको विवाद फेरि उचालिने सम्भावना देखिएको छ ।

प्रदेश सरकारले यातायात क्षेत्रमा केही नयाँपन दिन खोजेको छ । सवारी चालक अनुमति पत्र छपाइ प्रदेशबाटै गर्ने र सवारी कर अनलाइन मार्फत भुक्तानीको व्यवस्था गर्ने सरकारी घोषणा छ । अरू प्रदेशमा दर्ता भई गण्डकीमा दर्ता नवीकरण हुन चाहने सवारीलाई सहुलियत दिने गरी प्रदेशभित्र आह्वान गरेको छ । 

पुरा पाठ हेर्न यहाँ क्लिक गर्नुहोला ।  

 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय