बागलुङ- जिल्लाको बागलुङ नगरपालिका–२ रुद्रेपिपल स्थित बिक्रम प्रधानले कुखुरा पाल्नका लागि खोर बनाएका थिए । दिउँसोको समयमा कुखुरा खाना आएको चितुवा त्यही खोरमा फसेको छ। बुधबार दिउँसो कुखुराको खोरमा फसेको चितुवालाई सकुशल उद्दार गरी जंगलमा छोडिएको छ ।
कुखुरा खान गएको चितुवा खोरमा फसेपछि यसलाई सकुसल नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयले राती जंगलमा लगेर छोडेको छ ।
चितुवा खोरमा पसेको खबर पछि प्रहरीको सहयोगमा नियन्त्रणमा लिई डिभिजन वन कार्यालयमा राखेर राती मात्रै जंगलमा छोडिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्ण देवकोटाले जानकारी दिए ।