बागलुङ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व सांसद स्व.गोविन्द प्रसाद शर्मा कंडेलले आफ्ना पार्टीमा कुनै दिन केही नमागेको बताए । कंडेलको १३ औँ दिनको पुण्य तिथिको अवसरमा नेपाली काँग्रेस बागलुङले आयोजना गरेको श्रद्धाञ्जली सभामा सम्बोधन गर्दै देउवाले स्व. कंडेल आफु एक पटक सांसद भएता पनि अन्य लाभको पद कहिलै नमागेको बताए । उनले स्वर्गिय कंडेल नेपाली राजनितिमा सच्चा देशभत्ती रहेको बताउँदै सवैले उहाँको पथ अपलम्बन गर्न जरुरी रहेको बताए । ‘कंडेल जीको आफु भन्दा पनि राष्ट्र बन्नुपर्छ भन्ने स्वभाव थियो । उहाँ काँग्रेसको संगठन विस्तारका लागि पनि धेरै संघर्ष गर्नुभयो देउवाले भने,–‘ विपि कोइरालाको अनुवाई भएर होला निष्ठा पनि विपि सँगै मिल्थ्यो । उहाँ स्वार्थ भन्दा माथि रहेर राजनिति गर्नुभयो उहाँको योगदानलाई काँग्रेसले कहिलै भुल्ने छैन । ’ देश र राष्ट्रका लागि उहाँको योगदान अतुलनीय उनले बताए । देउवाले नेपाली राजनीतिमा स्वर्गिय कंडेलको नाम स्वर्ण अक्षरमा लेखिने छ, उहाँको मार्गलाई अन्य काँग्रेसका नेता तथा कार्यकर्ताले पछ्याउन आवश्यक रहेको बताए ।
देउवाले राजनीतिमा इमान र प्रतिष्ठा कमाउनुभएको गोबिन्द कँडेलको निधनले नेपाली काँग्रेसलाई ठूलो क्षति पु¥याएको भन्दै चिन्ता व्यक्त गर्दै स्वर्गिय कंडेल प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा समवेदनमा प्रकट गरेका छन ।
काँग्रेस बागलुङका पूर्व सभापति समेत रहेका कंडेलको असार १५ गते आइतबार निधन भएको थियो । चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौं जाने तयारी गर्दै गर्दा निधन भएको थियो ।
२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका तर्फबाट विजयी कंडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमान्दार नेताका रुपमा परिचित थिए । बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल नेपाली कांग्रेस बागलुङका पूर्व सभापति हुनुहुन्छ । २०४६ सालको आन्दोलनका क्रममा जेल परेका कंडेल बहुदल पछि पार्टी सभापति र सांसद बनेका थिए ।
स्वर्गिय कंडेल १९९५ साल पुस १० गते काठेखोला गाउँपालिका वडा नं. ६ बिहुँकोटमा जन्मिएका थिए । श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका पुर्व महामन्त्री एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौला, काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, किरणराज पौडेल, रामहरी खतिवडा, चम्पादेवी खड्का, काँग्रेस गण्डकी प्रदेशका कार्यबहाक सभापति कल्पना तिवारी लगायतले स्वर्गिय कंडेलले नेपाली राजनितिमा ठुला योगदान पु¥याएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पूर्व पार्टी सभापति मणिभद्र शर्मा कंडेलले स्व. कंडेलले नेपाली राजनितिमा गरेको योगदानको बारेमा चर्चा गरेका थिए ।
सोही अवसरमा कंडेलका छोरा शेखर कंडेलले आफ्ना बाबुले नेपाली राजनितिमा गरेको योगदान पार्टीले भुल्न नुहने बताएका थिए ।
कार्यक्रम नेपाली काँग्रेस बागलुङ सभापति जीतबहादुर शेरचनको अध्यक्षत सचिव हरिहर शर्माको संचालनमा सम्पन्न भएको थियो ।