बागलुङ - राष्ट्रपती रामचन्द्र पौडेल बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञमा पुगेका छन । धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास भएको बागलुङको पञ्चकोटमा बुधबार देखी बृहत ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ । महायज्ञको गण्डकी प्रदेशका १ सय ८ जना कन्याले शुभारम्भ गरेका हुन । राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघन्टको अनवरण साथै पुजा अर्चना गर्न त्यहाँ पुगेका हुन । अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को अगुवाईमा महायज्ञ फागुन २३ गतेसम्म १५ दिन सञ्चालन हुने छ । महायज्ञमा २१ हजार ५ सय ५५ क्विन्टल धान्यान्चल समेत गर्न लागिएको महायज्ञ मुल आयोजक समितिका संयोजक स्वामी कमलयनाचार्यले जानकारी दिए ।
ब्रह्माण्डीय महायज्ञ अहिलेसम्म नेपालमा नभएको र बागलुङमा पहिलो पटक हुन लागेको उनी बताउँछन । ‘अहिले सम्मको जानकारी अनुसार यस्तो ब्रह्माण्डीय महायज्ञ नेपालमा पहिलो पटक सुरु भएको छ, कमलयनाचार्यले भने,—‘हजारौं वर्ष पहिले कहिले भएको भए नेपालमा भयो, तर त्यो कतै इतिहासमा छैन्, महायज्ञको अध्यक्ष भगवान मुक्तिनाथ, संरक्षक भगवान पशुपतिनाथ, आह्वानकर्ता भगवान बुद्ध र स्वागतकर्ता गण्डकी नदी कृष्णगण्डकी र शुक्लागण्डकी दिदी बहिनी रहनेछन् । यो एउटा अद्भुत संयोग रहनेछ ।’