बागलुङ- बागलुङ नगरपालिका वडा नं. १ र ४ को सिमानामा पर्ने निरयघाटमा मानव सेवा आश्रमको भवन निर्माणाधिन छ । व्यक्तिगत सहयोग र विभिन्न निकायको सहयोग सहित झण्डै ५ करोड लगानीमा भवन निर्माणाधिन अवस्थामा रहेको छ । यो मानव सेवा आश्रमको भवनबाट आश्रितलाई नियमित सेवा दिनका निम्ती महायज्ञमार्फत १० करोडको अक्षय कोषको लक्ष्य राखिएको छ । आश्रमलाई नियमित संचालनका निम्ती आगामी कात्तिक २१ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ संचालन गरिँदै छ ।
विशेषगरी मानवसेवा आश्रमको भवन आगामी चैत मसान्तभित्र सकेर २ सय जना आश्रितलाई राखेर सेवा प्रवाह गर्ने लक्ष्य अनुसार रकम अपुग भए पश्चात महायज्ञ मार्फत रकम संकलन गरेर आश्रम संचालन गर्ने तयारी थालिएको हो ।
हाल बनेको संरचनामा भवनलाई पुरा गराउन थप ३ करोड रुपैयाँ आवस्यक पर्छ । यो भवन पुरा भएपछि यहाँ २ सय जनालाई राख्न सकिन्छ । मानव सेवा आश्रमले हाल बजारमा रहेको भवनमा ६६ जना आश्रितलाई राखिरहेको छ । सडकमा अलपत्र भेटिएका, अपांगता भएका तथा परिवारबाट त्यागिएकालाई आश्रमले राख्ने गरेको छ ।
मासिक १० लाख खर्च गरेर आश्रममा ६६ जना राखिएको आश्रम संचालक बिपना तामाङले बताइन् । त्यती ठूलो खर्च भने आश्रमले दानमुठीको भरमा चलाएको हो । त्यस बाहेक मानवसेवा आश्रम बागलुङ शाखाको अक्षयकोष बढाएर १० करोड पु¥याउने, गण्डकी प्रदेशलाई सडक मानवरहित प्रदेश बनाउने लक्ष्य पुरा गर्ने, आगामी चैत मसान्तभित्र नेपाललाई नै सहयोगीपेक्षी सडक आश्रित मानवमुक्त नेपाल निर्माणको संकल्प पुरा गर्ने लक्ष्य छ ।
महाायज्ञका लािग कात्तिक २१ देखि महायज्ञ संचालन गरिने छ । महायज्ञ अवधिभर एक हजार जनालाई बिहान योग शिविरमा जोड्ने, विद्यार्थीलाई सकारात्मक सोच तथा मानवता प्रवद्र्दनका लागि उत्प्रेरणात्मक कार्यक्रम संचालन गर्ने, महायज्ञ अवधिभर स्वास्थ्य शिविर संचालन गर्ने, स्थानीय र राष्ट्रिय कलाकारद्वारा भजनकिर्तन र कला तथा नाटक मञ्चन गर्ने योजना पनि छ । पहिलो दिन कात्तिक २१ गते बाजागाजा, सांस्कृतिक कार्यक्रम, झाँकी, शंखनाद, भजनसहित शोभा कलसयात्रा गरिने छ । हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म भागवत भास्कर कमलनयन गौतमले कथा प्रवचन गर्नेछन् ।
त्यसबाहेक हरेक दिन गीत संगीत, झाँकी, देव लिला, नत्य, पञ्चायन पुजा, लक्ष्यवर्तिका, पितृ उद्दार, धान्याञ्चल, तुलादान, ग्रहशान्ति, ८४ पुजा, महामृत्युञ्जय, जप, पाठ पारायण, समेत नियमित संचालन हुनेछन् ।
महायज्ञलाई व्यवस्थित बनाउन १ हजार ८ जना सदस्य रहेको आयोजक मुल समारोह समिति बनाइने छ । हाल समाजसेवी सहदेव राजभण्डारीको संयोजकत्वमा प्रारम्भिक समिति गठन भैसकेको छ । उक्त समितिले पूर्व तयारी गरिरहेको हो । सोही समितिकै आयोजनामा बुधवार पत्रकार सम्मेलनमार्फत महायज्ञबारे जानकारी दिइयो ।
४० वर्षदेखि समाजसेवा गरेका राजभण्डारीले आश्रमलाई व्यवस्थित बनाउने, अक्षयकोष संचालन गर्ने र मानवताको विकास गर्ने अभियान सफल पार्ने बताए । उनले यसअघि गरिएका कामबारे पनि जानकारी दिए । कुँडुलेस्थित मुक्तिनाथ बेदविद्याश्रम, रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर, सत्तल निर्माण लगायतमा समेत सफलता पाएको भन्दै यो अभियान पनि पुरा गर्ने उनले अठोट राखेका छन् ।
कार्यक्रममा मुल कथाबाचक पण्डित कमलनयन गौतमले महायज्ञले मानव जातीको शान्ति मात्र नभइ मानव सेवा र मानवताको उद्दार पनि हुने बताए । उनले महायज्ञलाई फलदायी बनाएर देशलाई सडक मानव मुक्त बनाउने अभियान सफल बनाउने प्रतिवद्दता जनाए । उनले यो अभियान सफल बनाएपछि अन्तराष्ट्रिय तहमा पनि मानवताको सन्देश दिन मानवसेवा आश्रम सफल बन्ने धारणा राखे ।
पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी र नेपाल पत्रकार महासंघ, बागलुङका उपाध्यक्ष सिर्जना पन्त समेतले मन्तव्य राखेका थिए । कार्यक्रम मुल आयोजनक समितिका अध्यक्ष सहदेव राजभण्डारीको अध्यक्षता, सहसंयोजक तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको स्वागत र महासचिव युक्तप्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।