बागलुङ,- पुर्व उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले देशमा प्राप्ती भएको लोकतन्त्र कसैले दिएको बकस नभएको दाबी गरेका छन ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बागलुङमा आयोजित मुल समारोह कार्यक्रममा सम्बोधन गर्दै केसीले अहिलेका हरेक परिवर्तन जनताले नै संघर्ष गरेर ल्याएको हुँदा यो कसैको बकस नभएको बताएका छन । उनले सत्ता र शक्तिका लागि विभिन्न नेता आउने जाने भएता पनि जनता आफुहरुले ल्याएको परिवर्तनमा ज्ञाता भएको दाबी गरे । ‘नेता त शक्तिका लागि आउँछन जान्छन, जनता त सँगै साँक्षी छन नी केसीले भने,–‘केही प्रतिगामीले जनताले संघर्ष गरेर ल्याएको गणतन्त्रको आवश्यकता छैन भन्दै गरेका छन, ति सवै देशका लागि घाती हुन, लोकतन्त्र र गणतन्त्रका लागि सधै हामी पहरेदार भएर लागौं ।’ उनले लोकतन्त्र र गणतन्त्रलाई संकटमा पर्न नदिन जनतालाई आग्रह गरे । केसीले ७५ वर्ष अगाडी राणा सासनको अन्त हुने बेलाको कुरा कुरा सम्झँदै त्यस यता मुलुकमा कति परिवर्तन भए तर व्यवस्था परिवर्तन भए अनुसार देशको समस्या समाधान हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेको केसीले मुलकमा जनताको दुःख गरेर ल्याएको लोकतन्त्र र गणतन्त्र माथि कालो बादल मडारिएको बताए । उनले केही प्रतिगामी तत्वकै कारण जनताले ल्याएका परिवर्तनमा नै समस्या उत्पन्न भएकोमा चिन्ता व्यक्त गरे । उनले सत्ता र शत्तिमा बस्नेले नराम्रो गरेपनि उनिहरुलाई सजाय दिनका निम्ती लोकतन्त्र आवश्यक रहेको बताए ।
केसीले गायिका विमाकुमारी दुराको ‘सुन फल्छरे यही माटो खेलाई.... गितको सम्झना गर्दै देशमा उचित किसिमको वातावरण बनाउन सके युवाहरुले यही सुन फलाउन सक्ने बताए ।‘सुन फल्छ यही माटो खेलाई गित मामुली हो केसीले भने,–‘यो गित कहिलै भुल्नु हुँदैन आज यही देश छाडेर अमेरिका, भारत गएका नेपालीको के दुरर्शता छ । यही माटो खेलाउनका निम्ती अनुकुल व्यवस्था, अनुकुल नेताहरु र नियम कानुन नभएका कारण जन्मभुमी उजाड भएको छ । भागेर देशको समस्या समाधान हुँदैन र यही बसेर यही माटो खेलाएर देशको समृद्धि गराउनुपर्दछ ।’ उनले गणतन्त्रको रक्षा गरियो भने मुलुकमा आर्थिक र सामाजिक समृद्धि सम्भव भएको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु थापा, नेपाली काँग्रेसका जिल्ला सदस्य महेन्द्र आचार्य अन्तरपार्टी महिला संञ्जालका सचिव ललिता थापा लगायतले जनताकै चाहना अनुसार मुलुकमा प्रजातन्त्र लोकतन्त्र र गणतन्त्र आएको बताए । कार्यक्रम मुल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको अध्यक्षता प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको स्वागत र जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गा प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।