बडिगाडका घाईते तिन जनालाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डौ लगियो

  • साउन २३, २०८१

बागलुङ-  बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान गएको पहिरोले घर पुर्दा गम्भिर घाइते भका तीन जनाको आज बिहान मात्रै हेलिकप्टर मार्फत उद्दार गरी काठमाण्डौ लगिएको छ ।

जोग बहादुर बुढाको घर पहिरोले पुरिदा १९ जना परेका थिए । जसमध्ये ६ जनाको मृत्यु, ९ जना घाइते र चार जना अझै बेपत्ता रहेका छन् । घाइतेको मंगलबारनै उद्दार गर्न थालेपनि मौसम खराब हुँदा उद्दारमा कठिनाई भएर नेपाली सेनाको हेलिकप्टर गन्तव्य नपुगी फर्केको थियो । पुन आज बिहान ९ बजेर २१ मिनेटमा तीन जना गम्भिर घाइतेलाई काठमाण्डौको टिचिङ अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए । 

बरालका अनुसार बडिगाड गाउँपालिका–१० आरुपाटाका घाइते १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सिता पुन र ४६ वर्षीया संगिता बुढालाई उपचारका लागि काठमाण्डौ लगिएको छ । अन्य छ जना घाइतेको बुर्तिवाङ स्थित प्राथमिक स्वास्थ्य कैनद्रमा उपचारका लागि पठाइएको बरालले जानकारी दिए । हेलिकप्टर मार्फत उद्धार गरिएका घाईतेको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भै रहेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिईन । 

प्रतिक्रिया