बागलुङ - हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा बागलुङ नगरपालिकाले शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा शुभकामना दिँदै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले तिज पर्वलाई हर्ष र उत्साहका साथ मनाउनका निम्ती सवैलाई आग्रह गरेका थिए । उनले यो पर्व रमाईलो पर्वको रुपमा पनि रहेको नाच्ने गाउने गरी रमाईलो गर्नुपर्ने बताए । श्रेष्ठले तिज पछिल्लो समयमा भड्किलो बन्दै गएको हुँदा यो प्रबृति रोक्नका लागि जुरुरी रहेको बताए ।
सदरमुकाममा आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न राजनितिक दलमा सक्रिय महिला राजनितिकर्मीहरु, महिला कर्मचारीहरु लगायतका विभिन्न क्षेत्रमा आवद्ध महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम सामाजिक विकास समितिका संयोजक एवं बागलुङ नगरपालिका—११ रायडाँडाका अध्यक्ष ज्ञानेन्द्र गौतमको अध्यक्षता, कार्यपालिका सदस्य ज्योती विष्टको स्वागत र नगरपालिकाका महिला विकास शाखाका रचना आचार्यको संचालनमा सम्पन्न भएको थियो ।