नेपाली कम्युनिष्ट पार्टीले बागलुङले शनिबार एकता सभा गर्ने

  • मङ्सिर २६, २०८२

 

बागलुङ । नेकपा माओवादी केन्द्र, नेकपा एससहित विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोली शनिबार मंसिर २७ गते बागलुङमा सभा गर्ने भएको छ । 
एकता सन्देश सभासहितको प्रदेशमा सभा गरेको नेकपाले विभिन्न जिल्लामा पनि सभा गरिरहेको छ । एकताको सन्देश प्रवाह गर्ने उद्देश्यसहित सभा सदरमुकाम बागलुङ बजारमा गर्न लागिएको पूर्व नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक प्रकास घर्ती मगरले जानकारी दिए ।
सभालाई सम्बोधन गर्न नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसाल, देवेन्द्र पौडेल, दिल कुमारी पन्त लगायतका नेताले सम्बोधन गर्ने घर्तीले जानकरी दिए । कार्यक्रममा जनवादी कलाकार झंकार बुढा तथा सामना परिवारको सांङ्गीतिक प्रस्तुति रहने  घर्तीले जानकारी दिए ।
जिल्ला भरबाट करिब एक हजार बढी नेता कार्यकर्तासहित बागलुङ बजारको लोकतान्त्रिक चोकमा कार्यक्रम गर्ने घर्तीले उल्लेख गरे । मंसिरको १२ गते सुदुपश्चिमको धनगढीबाट सुरू भएको एकता सभा  लुम्बिनी, गण्डकी, कोशी, मधेस प्रदेशमा सम्पन्न गरी सकेको छ ।

प्रतिक्रिया