नेपाल बजार बिक्री प्रतिनिधि संघको २३ औं स्थापना दिवस मनाईयो

  • जेठ १८, २०८१

बागलुङ- उद्योग व्यवसायको रक्षा गरौं, रोजगारीको संरक्षण गरौं’ भन्ने नाराका साथ नेपाल बजार बिक्री प्रतिनिधि संघको २३ औं स्थापना दिवस मनाइएको छ । दिवसको अबसरमा व्यवसाय प्रवद्र्धनका लागि अन्तरक्रिया र बागलुङ नगरपालिका वडा नं. ४ मा रहेको गौरीधाम मन्दिर परिसर सफाइ गरिएको हो ।
संघले सरसफाइ सामाग्री पनि मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । समितिका अध्यक्ष राजेन्द जिसीलाई सामाग्री हस्तान्तरण गरिएको जयन्द्र सापकोटाले बताए । २०५८ सालमा स्थापना भएको संघ श्रम तथा रोजगार र सामाजिक सुरक्षाको लागि ट्रेड युनियनको रुपमा दर्ता भई काम गर्दै आएको छ ।
उक्त अवसरमा संघका केन्द्रीय उपाध्यक्ष गोपाल सापकोटाले नेपाल बजार बिक्री संघ श्रमजिवीको हक र अधिकारको पक्षमा लाग्ने बताए । उनले सबै व्यवसायीलाई संघको छातामा दर्ता हुन पनि आग्रह गरे । संघको धौलागिरी इकाइका अध्यक्ष दिनेश गौतमको अध्यक्षता, सल्लाहकार मोती सापकोटालको स्वागत र सदस्य जयन्द्र सापकोटालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया