ट्राफिक सप्ताहको अवसरमा ३५ जनाले गरे रक्तदान

  • ब‌ैशाख ३०, २०८१

बागलुङ- सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले जिल्लामा सप्ताव्यापी कार्यक्रम संचालन गरेको छ । ट्राफिक सप्ताह २०८१ अन्तरगत जिल्ला ट्राफिक कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङले आईतबार बागलुङमा रक्तदान कार्यक्रम संचालन गरेको छ । नेपाल रेडक्रस सोसाइटी बागलुङको प्राविधिक सहयोगमा भएको रक्तदानमा ३५ जना सुरक्षाकर्मी, समाजसेवी र विभिन्न संघ संस्थामा आवद्व व्यक्तीहरुले गरेका थिए । 
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्यले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
ट्राफिक सप्ताहको अवसरमा जनचेतनामूलक कार्यक्रम, चालक र सहचालकलाई ट्राफिक सम्बन्धी ज्ञान दिनुका साथै उनीहरूको स्वास्थ्य परीक्षण, जनचेतनामूलक स्टिकर तथा पर्चा पम्प्लेट वितरण लगायतका सचेतनामूलक कार्यक्रम भइरहेको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुमन निउरेले जानकारी दिए । 
सप्ताहको अन्तिम दिन सोमबार ट्राफिक प्रहरीको स्वास्थ्य जाँच, पत्रकारसँग सप्ताहको समीक्षा गर्दै दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिहरूको स्मरणमा बागलुङ 
 

प्रतिक्रिया